पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम कुश्मामा शुरु भएको छ । 


महिलाहरुलाई आर्थिक रुपम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम कुश्मामा शुरु भएको छ । 


महिलाहरुलाई आर्थिक रुपम"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक हप्ते बाख्रापालन तालिम संचालन

२०७३, १० चैत्र बिहीबार ०४:१२

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि एक हप्ते बाख्रा पालन सम्बन्धी तालिम कुश्मामा शुरु भएको छ । 


महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउँदै समाजमा महिलाहरुलाई नेतृत्व प्रधान गराउनको लागि उत्तर क्षेत्र अर्थात जलजला गाउँपालिकाका महिलाहरुलाई सो तालिम दिन लागिएको हो ।

महिला तथा बालबालिका कार्यालय पर्वतको अयोजना र जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा सो तालिम दिन लागिएको हो ।  जलजला गाउँपालिका अन्तरगतका साविक लेखवलाँट वडा नं  १,२, ३, ४, ५ र ६ का गरी ४२ जना महिलाहरुलाई सो तालिमको आयोजना गरिएको निमित्त महिला विकास अधिकृत तारादेवि सुनुवारले जानकारी दिइन्. । 


गरिवी विरुद्ध महिला अभियान अन्तरगत महिलाहरुलाई सो तालिम दिइएको उनले    बताइन् । सो क्षेत्रमा रहेका ३२ समुह, ५ समितिका १६० जना महिलाहरु मध्ये विपन्न तथा   गरिब महिलाहरुलाई सो तालिम दिइएको उनले बताइन् । तालिममा  बाख्रापालन सम्बन्धी जानकारी तथा रोग र त्यसको  रोकथामको लागि जिल्ला पशु सेवा कार्यालयका प्रमुख सहित पशु चिकित्सकहरुले     सहजिकरण गरिरहेको उनले बताइन् ।


तालिम समाप्त पछि प्रत्येक महिलाहरुलाई जनही तीन हजार पाँच सयका दरले गरिवी विरुद्धको अभियान अन्तगत बाख्रापालनको लागि टेवा रकम दिने महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । तालिम यहि चैत्र १४ गतेसम्म संचालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड