ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुडे–मेलुङ्ग सडक समयमै नबने एमाले आन्दोलनमा जाने

१० चैत्र २०७३, बिहीबार १२:२३

ताराबहादुर महत, चैत्र १०। दोलखा । दोलखाको पश्चिमतर्फको उत्तर–दक्षिण मार्गको रुपमा परिचित मुडे–मेलुङ्ग सडक निमार्णको कार्यमा भएको ढिलाईप्रति एमाले शैलुङ्ग गाउँपालिकाले विरोध जनाएको छ ।

ठेकेदारले निमार्ण कार्य अघि बढाउन नचाहेको र सडक विभागले ठेक्का तोड्न नचाहेको कारण सडक निमार्ण कार्यमा ढिलाई भएको एमाले शैलुङ्ग गाउँपालिकाका संयोजक धनबहादुर तामाङद्वारा आज जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘‘समयमै सडक निमार्ण नहुँदा हिउँदमा धुँवा, धुलो र खाल्डाखुल्डी तथा बर्षायाममा हिलोको समस्याले नियमित रुपमा यातायात शुचारु नहुँदा यस क्षेत्रका नागरिकले बार्षिक करोडौँको क्षति व्यहोर्नु परेको छ’’ विज्ञप्तीमा भनिएको छ ।

२०५४ सालको स्थानिय निर्वाचनपछि जिल्ला विकास समितिको नेतृत्व नेकपा एमालले गरेको समयमा ट्र्याक खनेर शुरु गरेको सडक निमार्ण कार्य एक हप्ताभित्र शुरु गरी २ महिनाभित्र नसकेमा स्थानियको सहयोग लिएर कडा आन्दोलनमा उत्रने चेतावनी एमाले शैलुङ्ग गाउँपालिकाले दिएको छ ।

२०७१ असार ३१ मा १८ करोडको लागतमा २ बर्षभित्र निमार्ण सम्पन्न गर्ने गरी लामा विल्डर्ससँग ठेक्का सम्झौता भएको भएपनि ठेकेदारले विविध कारण देखाई तोकिएको अवधिमा काम गर्न नसकेकोले एक बर्ष समय थप गरिएको थियो । थपिएको समयमा पनि सन्तोषजनकरुपमा काम नभएको भन्दै एमालेले विरोध जनाएको बताईएको छ ।

शैलुङ्ग र मेलुङ्ग गाउँपालिकाभित्र पर्ने यो सडक खण्ड निमार्ण पश्चात्त पर्यटकिय स्थलको रुपमा चर्चित शैलुङ्ग क्षेत्रमा पर्यटकिय विकास र त्यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुले राम्रो बजार पाउने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव