अन्तराष्ट्रिय डेस्क (सास) | साऊदी अरबमा काम गर्न जाने नेपालीहरुलाई यो जानकारी महत्वपूर्ण हुनसक्छ । साउदीमा सार्वजनिक रुपमा सार्वजनिक स्विमिंगपुल तथा समुन्द्र किनारमा फो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अन्तराष्ट्रिय डेस्क (सास) | साऊदी अरबमा काम गर्न जाने नेपालीहरुलाई यो जानकारी महत्वपूर्ण हुनसक्छ । साउदीमा सार्वजनिक रुपमा सार्वजनिक स्विमिंगपुल तथा समुन्द्र किनारमा फो"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा भुलेर पनि नगर्नुस यस्ता ८ काम

१० चैत्र २०७३, बिहीबार १२:३७

अन्तराष्ट्रिय डेस्क (सास) | साऊदी अरबमा काम गर्न जाने नेपालीहरुलाई यो जानकारी महत्वपूर्ण हुनसक्छ । साउदीमा सार्वजनिक रुपमा सार्वजनिक स्विमिंगपुल तथा समुन्द्र किनारमा फोटो खिच्न समेत पाइंदैन | 

यहाँ आज हामी साऊदी अरबको केहि महत्वपूर्ण नियमको बारेमा बताउछौं | 

१. फोन वा ल्यापटपमा पोर्न राख्न खतरनाक (यदी राखेको थाहा पाएमा डिभाइसनै जफत हुनसक्छ) 

२. सरकारी भवन तथा सार्वजनिक स्थानको तश्विर खिच्नु अपराध 

(साउदी अरबमा यदी तपाइँले कुनै सरकारी भवन वा सार्वजनिक स्थानको फोटो खिच्नु अघि सोच्नुपर्ने हुन्छ किनकी सरकारी भवन, देशको सेनासँग जोडिएको कुरा फोटोमा कैद गर्न पाइंदैन । साथै सार्वजनिक स्थानमा महिलाहरु तर्फ क्यामेरा गल्तीले पनि घुमाउनु हुँदैन । यसो गर्दा साउदीमा साइबर क्राइम लाग्छ । यदी गल्ति भईहालेमा एक बर्षको जेल सजायसम्म हुन सक्छ वा करोड भन्दा बढीसम्म जरिवाना तिर्नुपर्ने हुन्छ ।

३. रमजानको बेला सार्वजनिक रुपमा खाना खान पाइंदैन 

४. भ्यालेनटाइन डेमा यस्तो नगर्नुस 

साऊदी अरबमा भ्यालेनटाइन डेमा रातो रंग कुनै खतराको प्रतिक मानिन्छ । यहाँ फूलको पसल देखि गिफ्ट शपसम्म रातो रङ्गको गुलाब र हर्ट शेपको गिफ्टहरु बेच्न पाइंदैन । 


५. सार्वजनिक स्थानमा जाँदा ध्यान राख्नुस 

सार्वजनिक स्थानमा धेरैजसो स्थानमा दुई सेक्शन हुन्छ । साऊदीको धेरैजसो मलमा जाँदा पारिवारिक व्यक्ति मात्र जान पाउँछ । सिंगल पुरुष मात्र मलमा छिर्न पाउंदैन । साथै यहाँका होटलमा समेत दुई सेक्शन हुन्छ । एक पारीवारको लागि अनि अर्को सेक्शन सिंगल मानिसहरुको लागि । यहाँ म्याकडोनाल्ड जस्तो फूडस्टोरमा महिला-पुरुषहरुको लाइन समेत अलग-अलग लाग्ने गर्छ । 

६. सार्वजनिक स्थानमा गैर-मुस्लिमहरुले प्रार्थना गर्न पाउंदैनन् 

यसको साथै धार्मिक किताब, सामान र संकेतको पनि प्रचार गर्न पाइन्न । साऊदीमा त्यसो गरिनु इस्लामको लागि खतरा मानिन्छ । त्यसैले साउदीमा धर्म परिवर्तन गर्नु खतरा मानिन्छ ।

७. साउदी हुँदै कतै जाँदा वा साउदीमै जाँदा प्लेनमा समेत रक्सि वा बियर खान पाइन्न 

८. फिल्म हेर्नको लागि थिएटर हुँदैन 

1970 को दशकमा साऊदी अरबमा धेरै मूवी थिएटर थिए । तर 1980 मा साऊदी सरकारले इस्लामको बढ्दो प्रभावको कारण सबै सिनेमाघर र थिएटर बन्द गराए । त्यसैले पनि साउदीका धेरै मानिस छुट्टीको बेला छिमेकी देश बहाराइनसम्म जान्छन,  फिल्म हेर्छन ड्रिंक गर्छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ