2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एकसय ३५ वादी परिवारका घर निर्माण हुने

लोकेन्द्र खनाल/चैत ११, रुकुम । यहाँका एकसय ३५ वादी परिवारको घरबास निर्माण हुने भएको छ । 

लामो समयदेखि सार्वजनिक ठाउँमा बस्दै आएका वादी परिवारलाई सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा यस आवमा एकसय ३५ घरपरिवारका लागि घरबास निर्माण हुन लागेको हो । 

राष्ट्रिय समाचार समितिमा गत माघ २० गते ‘रुकुमका वादी परिवार घरबासविहीन’ शीर्षकको समाचार प्रकाशन भएपछि मन्त्रालयले जनता आवास कार्यक्रममार्फत घर निर्माण गर्न लागेको हो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा लामो समयदेखि यहाँका वादी समुदाय खोलाका छेउमा र सार्वजनिक ठाउँमा बस्दै आएका थिए । 

घर निर्माणका लागि जमिन नभएका साबिकको पिपल गाविसका ११ घर वादी परिवारलाई सांसद गणेशमान पुनले संसद विकास कोषको रकमबाट एकसय वर्गमिटर जमिन खरिद गरिदिनुभएको छ । आफ्नो नाममा लालपुर्जा र घर सँगै पाएपछि वादी परिवार निकै खुसी भएका छन् । विगत ४० वर्षदेखि सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको पिपलका मनबहादुर वादीले लालपुर्जा र घर पाउने भएपछि निकै खुसी भएको बताउनुभयो । 

सानो भए पनि आफ्नो घरबास निर्माण हुने भएपछि वादी परिवार एउटा समस्याको समाधान भएको रुघा–२ का गोपाल वादीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण वादी परिवारले आफ्नो घरजग्गा बनाउन नसकेको वादी समुदायका अगुवाको भनाइ छ । 

जिल्लाका आठविसकोट, आठविसडाँडागाउँ, रुघा, पिपल, चौरजहारी नगरपालिकालगायत ठाउँमा वादी परिवारको बसोबास रहेको छ । दुईसय आठ घरधुरी रहेको वादी परिवारमा आठसय १६ जनसङ्ख्या रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ