२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरबाटै सेयरको कारोबार सुरु

२०७३, १४ चैत्र सोमबार ०८:३३

चैत १४, मोरङ । क्रिस्टल कञ्चनजङ्घा सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ५०) ले विराटनगरमा शाखा विस्तार गरेको छ । 

प्रालिको शाखा विस्तारसँगै अब विराटनगरबाटै सेयरको खरिद बिक्री आइतबारदेखि औपचारिक रुपमा सुरु भएको छ । विराटनगर मेनरोडस्थित अतिथि सदन नजिक कार्यालय स्थापना गरी कारोबार सुरु गरेको अध्यक्ष प्रियराज रेग्मीले बताउनुभयो । 

पुँजी बजारसँग सम्बन्धित ग्राहकलाई स्थानीयस्तरमै सेवा उपलब्ध गराउनु शाखाको उद्देश्य रहेको उहाँको भनाइ थियो । “पूर्वका लगानीकर्ताले शाखाबाट धितोपत्रको दोस्रो बजारमा सहजै प्रवेश पाउनेछन्,” रेग्मीले भन्नुभयो, “स्थानीय ग्राहकलाई स्थानीयस्तरबाटै सेवा गर्न शाखा विस्तार गरिएको हो ।” 

त्यस्तै प्रालिले नेपालगन्ज, बुटवल, नारायणगढ, बनेपा र विर्तामोडबाट पनि काराबोर सुरु गरेको जनाएको छ । यसभन्दा पहिले कम्पनीका नौ वटा शाखा उपत्यकाभन्दा बाहिरका सहरमा सञ्चालनमा थिए । 

आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीले यहाँ शाखा सञ्चालनका लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन् । उहाँका अनुसार नेपालमा हाल ५० वटा धितोपत्र ब्रोकर व्यवसायी कार्यरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ