२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण

१५ चैत्र २०७३, मंगलवार ०५:३९

चैत १५, पोखरा | नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड दिँदै वक्ताले सम्भावनाको उजागर गर्नका लागि सरकारी एवम् निजी क्षेत्रको सामूहिक प्रयास आवश्यक हुने बताए । 

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले पर्यटन राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग भएको बताउँदै यहाँका सम्भावनालाई उजागर गर्न सरकार एवम् निजी दुवै क्षेत्रको सामूहिक प्रयास आवश्यक भएकोमा जोड दिनुभयो । 

उहाँले पर्यटकलाई आकर्षित गर्न पूर्वाधार विकास, राम्रो शिष्टाचार, स्वस्थकर खाना आदिको अपरिहार्यता भएको उल्लेख गर्दै पर्यटकीय विकासका क्रममा वातावरणीय सन्तुलनलाई पनि दृष्टिगत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेपालको आर्थिक विकासका लागि देशमा लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने क्षेत्रीय प्रशासक खतिवडाले बताउनुभयो । 

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सरकारका नीति पर्यटनमैत्री हुनुपर्ने बताउँदै राजनीतिक अस्थिरताका कारण प्रभावित यस क्षेत्रको विकास आसन्न स्थानीय तहको निर्वाचनसँगै सकारात्मक मार्गमा जाने बताउनुभयो । 

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटन सम्बद्ध व्यवसायी एवम् संस्था एकाकार भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको कुल अर्थतन्त्रमा पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण हुन नसकेको अवस्थालाई दृष्टिगत गरी देशको अर्थतन्त्रमा योगदान गर्न सक्ने तवरबाट यसको विकास अघि बढ्नुपर्ने बताउनुभयो । 

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले पर्यटन सम्बद्ध सबै व्यवसायी एकजुट भएर लागेमा देशको पर्यटकीय विकासका साथै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने धारणा राख्नुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले देशको समग्र पर्यटनमा योगदान गर्ने तवरबाट परिषद्ले आफ्ना गतविधि अघि बढाएको बताउनुभयो । 

कार्यक्रममा पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख उदय भट्टराई, परिषद्का उपाध्यक्ष चिरञ्जीवी पोखरेल, महासचिव रामु गौतम, संस्थापक अध्यक्ष अशोक पालिखेलगायतले पोखराका पर्यटकीय सम्भावना र पोखरा पर्यटन परिषद्को भूमिकाबारे प्रकाश पार्नुभएको थियो । 

उक्त अवसरमा पोखराको पर्यटकीय विकासमा योगदान गर्ने विभिन्न संस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान