2026-10-14 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या २६ सय नाघ्यो

 चैत १५, अछाम । अछाम जिल्लामा पछिल्लो समयमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेको संख्या बढेको पाईएको छ । 

जिल्ला अस्पतालको तथ्यांक अनुसार यस आर्थिक बर्षको सुरु देखी अहिलेसम्म अछाम जिल्लामा २६ सय २३ जनाले स्वास्थ्य संस्थामै गएर सुत्केरी सेवा लिएका छ । जसमा ५२ जनाको शल्यक्रिया मार्फत सुत्केरी गराईएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका पहेन संगिता खड्काका अनुसार जिल्ला अस्पतालमा मात्र यस आर्थिक बर्षमा २ सय १२ जना सुत्केरी भएका छन भने १८ जनाको शल्यक्रिमा माफर्त सुत्केरी सेवा लिएका छन ।

यस्तै न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालमा सुत्केरी गराउनेको संख्या पनि बढेको पाईएको छ । सामुदाियक स्वास्थ्य कार्यक्रम लगायतका जनचेताको प्रभावले यो दर बृद्धि भएको अस्पतालका सामुदायिक स्वास्थ्य कार्यक्रमका प्रमुख लालबहादुर कुवँरले बताउनु भयो । स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेसंगै अछाममा मातृ तथा शिशु मृत्युदर पनि कम भएको उहाँको भनाई छ ।

 बयालपाटा अस्पतालको तथ्यांक अनुसार अस्पताल स्थापना देखी हालसम्म २८ सय भन्दा बढी जनाले अस्पतालमै सुत्केरी भएका छन । अस्पतालका चिकित्सा सेवा तथा शिक्षा निर्देशक बिकाश गौचनका अनुसार यस आर्थिक बर्षमा मात्र बयालपटा अस्पतालमा सुत्केरी हुनेको संख्या ३ सय ५० भन्दा बढी रहेको छ ।

 घरमै सुत्केरी गराउदा विभिन्न खालका जटिलता हनुे र अप्ठेरो भएमा ज्यान समेत जोखिममा हनु भएकाले सुरक्षित सुत्केरी गराउनका लागी धेरैजसो महिलाहरु अहिले स्वास्थ्य संस्थामा जाने गरेका स्वास्थ्यकर्मीको भनाई छ ।

 यस्तै बयालपाटा अस्पतालमा मात्र शल्यक्रिया मार्फत सुत्केरी हुनेको संख्या २ सय ६० भन्दा बढी रहेको डाक्टर विकाश गौचनले बताउनु भयो । जटिल प्रकारका गभर्भवतीलाई सहजै सुत्केरी हुन नसक्दा शल्यक्रिया मार्फत सुत्केरी गराएर ज्यान बचाउन सफल भएको समेत उहाँले बताउनु भयो । 

अछाम लगायत अन्य पहाडी जिल्लाहरुबाट पाठ्यघर फुट्ने, धेरै रगत बग्ने लगायतका जटिल अवस्थाका सुत्केरी आउन गरेकाले शल्यक्रिया मार्फत सुरक्षित सुत्केरी गराएर आमा र बच्चाको ज्यान बचाउन सफल भएको उहाँको भनाई छ ।

 बयालपाटा अस्पतालले हाल शल्यक्रिया मार्फत सुत्केरी गराउनु पर्ने गर्भवतीका लागी २४ औ घण्टा सेवा दिईरहेको अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

यस्तै जटिल खालका गर्भवती महिलाका साथै अन्य बिरामीलाई शल्यक्रिया मार्फत उपचार दिनका लागी अस्पतालको टिम दिनरात खटिएको समेत उहाँले बताउनु भयो । अछाम जिल्लामा २ अस्पताल, २ प्राथमकि स्वास्थ्य तथा ५७ वटा बर्थिङ सेन्टर रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ । पूर्णबहादुर खड्काको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश