सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

2026-10-30 05:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बर्दिया निकुञ्जमा पर्यटक बढेसँगै झण्डै १२ करोड राजश्व संकलन

सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

बेलायती राजकुमार प्रिन्स ह्यारी निकुञ्जमा रहेको खौराहा खोलामा र्याफ्टिङ्ग गर्दै ….

गत श्रावणसम्मको राजश्व संकलन जम्मा २ करोडको हाराहारी रहेकोमा यस वर्ष  पर्यटनको आगमनसँगै फागुन मसान्तसम्म राजश्व संकलनमा वृद्धि हुन गई १२ करोड, ३७ लाख, ९ हजार तीस रुपैंया संकलन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । यसरी राजश्वमा वृद्धि हुनुको कारण गत वर्ष वेलायती राजकुमार ह्यारीको आगमन, बाघ हेर्ने चाहनामा वृद्धि भएको थापाले बताउनुभयो । 

साथै, निकुञ्जमा पर्यटकहरुका लागि फ्रि वाईफाई सुविधासहितका होटल तथा लजहरुको संख्यामा वृद्धि भएको तथा ठाकुरद्धारादेखि काठमाडौंसम्म सुविधासम्पन्न यातायातको व्यवस्था भएसँगै पनि पर्यटकहरुको आवागमनमा वृद्धि भएको बताइएको छ । यस वर्ष ३ हजार ७ सय ९६ नेपाली, सार्क मुलुकबाट २ सय २६, अन्य मुलुकबाट १५ सय १० गरी ५ हजार ५ सय ३५ जनाले बर्दियाको ठाकुरद्वारामा रहेको निकुञ्जको अवलोकन गरेको निकुञ्जको तथ्याङ्क छ । गत वर्ष १२ हजार १ सय ८ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका थिए ।

 

क्यामेरा ट्रयापिङ्ग पद्धतिको अाँफै बाघ जस्तै हिडेर परीक्षण गर्दै राजकुमार ह्यारी ….

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, बोटिङ्ग, र्याफ्टिङ्ग लगायत गैंडा, बाघ, हात्ती लगायत विभिन्न प्रजातिका चराचुरुङ्गीहरुको अवलोकनका साथै प्रकृतिको मनाेरम दृश्यको अानन्द लिन सकिन्छ । साथै नजिकै रहेको डल्ला गाउँको होमस्टेमा स्थानीय थारु संस्कृतिको अवलोकनका साथै विभिन्न थारु परिकारहरुको मीठो स्वाद लिन पनि पाइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल