सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

बर्दिया निकुञ्जमा पर्यटक बढेसँगै झण्डै १२ करोड राजश्व संकलन

सास । चैत्र १७, बर्दिया । 

बर्दिया राष्ट्रिय निकुञ्जमा गत वर्ष भन्दा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको निकुञ्जले जनाएको छ ।

बेलायती राजकुमार प्रिन्स ह्यारी निकुञ्जमा रहेको खौराहा खोलामा र्याफ्टिङ्ग गर्दै ….

गत श्रावणसम्मको राजश्व संकलन जम्मा २ करोडको हाराहारी रहेकोमा यस वर्ष  पर्यटनको आगमनसँगै फागुन मसान्तसम्म राजश्व संकलनमा वृद्धि हुन गई १२ करोड, ३७ लाख, ९ हजार तीस रुपैंया संकलन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । यसरी राजश्वमा वृद्धि हुनुको कारण गत वर्ष वेलायती राजकुमार ह्यारीको आगमन, बाघ हेर्ने चाहनामा वृद्धि भएको थापाले बताउनुभयो । 

साथै, निकुञ्जमा पर्यटकहरुका लागि फ्रि वाईफाई सुविधासहितका होटल तथा लजहरुको संख्यामा वृद्धि भएको तथा ठाकुरद्धारादेखि काठमाडौंसम्म सुविधासम्पन्न यातायातको व्यवस्था भएसँगै पनि पर्यटकहरुको आवागमनमा वृद्धि भएको बताइएको छ । यस वर्ष ३ हजार ७ सय ९६ नेपाली, सार्क मुलुकबाट २ सय २६, अन्य मुलुकबाट १५ सय १० गरी ५ हजार ५ सय ३५ जनाले बर्दियाको ठाकुरद्वारामा रहेको निकुञ्जको अवलोकन गरेको निकुञ्जको तथ्याङ्क छ । गत वर्ष १२ हजार १ सय ८ जनाले निकुञ्जको अवलोकन भ्रमण गरेका थिए ।

 

क्यामेरा ट्रयापिङ्ग पद्धतिको अाँफै बाघ जस्तै हिडेर परीक्षण गर्दै राजकुमार ह्यारी ….

बर्दिया राष्ट्रिय निकुञ्जमा हात्ती सफारी, बोटिङ्ग, र्याफ्टिङ्ग लगायत गैंडा, बाघ, हात्ती लगायत विभिन्न प्रजातिका चराचुरुङ्गीहरुको अवलोकनका साथै प्रकृतिको मनाेरम दृश्यको अानन्द लिन सकिन्छ । साथै नजिकै रहेको डल्ला गाउँको होमस्टेमा स्थानीय थारु संस्कृतिको अवलोकनका साथै विभिन्न थारु परिकारहरुको मीठो स्वाद लिन पनि पाइन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल