२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

महिलाको हिम्मत: भाडाको रिक्सामा गोमाको जिविको पार्जन

२०७३, १८ चैत्र शुक्रबार ०७:२१


माधव बेल्वासे/चैत १८, कपिलवस्तु । पछिल्लो समयमा महिलाहरु पनि घरबाट बाहिर निस्की आत्मनिर्भर बन्न थालेका छन । 

महिलाहरुले चुल्हो र परिवार मात्रै समाल्नु पर्छ भन्ने मान्यता विस्थापित हुदै गइरहेको छ । हिजो आज प्रत्येक शहरहरुमा वातावरण मैत्री अटो रिक्साहरु बजारमा धेरै चल्न थालेका छन । कम लगानीमा स्वरोजगार बन्न चाहानेहरुको लागि अटो रिक्सा रोजाई पनि बनेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका भित्र पनि शिवगढी ई—रिक्सा यातायात व्यवसायी संघमा आवद्ध करिब ८७ रिक्सा चल्ने गर्दछन । यहाँ चल्ने रिक्सा सबै जसो पुरुषहरुले मात्रै चलाउदै आएका थिए, तर पछिल्लो समयमा चन्द्रौटा बजारमा एक महिलाले पनि  रिक्सा चलाउन थालेकी छिन उनी हुन गोमा न्यौपाने ।

अरुकै रिक्सा भाडा चलाएर तिन जनाको परिवारको पाल्दै आएकी गोमा शर्माको विहान भरीको समय छोराछोरीलाई स्कुलको लागि तयार गर्दा नै वित्छ । साना छोराछोरीलाई विद्यालय पुराएपछि शुरु हुन्छ उनको दैनिकी अटो रिक्सा चलाउने काम । सडकमा सवारी पर्खेर उनीहरुको गन्तव्य सम्म सुरक्षित र भरपर्दो रुपले पु¥याउन पाउदा उनलाई खुशी लाग्छ ।

आफै आत्म निर्भर बन्नको लागि विभिन्न कम्पनीहरुमा लामो समय सम्म कामदारको जीवन विताएकी गोमा अहिले आफै स्वरोजगार बन्नु पर्छ भनेर रिक्सा दैनिक भाडामा लिएर चलाउन थालेकी छिन । शिवगढी अटो रिक्सा व्यवसायको रिक्सा भाडामा चलाउदै आएकी शर्माको दैनिक रिक्सा भाडा खर्च कटाएर बचेको पैसाले २ छोरा छोरीको खानपान र पढाई खर्च कटाएर बच्ने रकम संकलन गरी आफ्नै रिक्सा किन्ने उनको लक्ष्य रहेको छ ।

शुरुका दिनमा अटो रिक्सा चलाउदा महिलाले पनि रिक्सा चलाउछन र भन्ने प्रश्न र समाजका केहि नमिठा शब्दले उनलाई घोचेको थियो तर मनमा अदम्य सहास ,आत्म निर्भर बन्ने चाहाना र पारीवारीक परिस्थितीका अगाडी ति बचनहरुले घाउ बनाउन नसकेको अझ धेरै हिम्मत जुटेको हसिलो मुद्रामा गोमा बताउछिन ।

महिलाले सजिलो र सरल काम मात्रै रोज्ने हुदाँ अहिले महिलाहरु घर भित्र नै कुम्सनु परेको  आत्म निर्भर बन्न नसकेको उनी बताउँछिन । दैनिक अटो रिक्सा चलाउदा विभिन्न किसिमका सवारीहरुलाई उनीहरुको गन्तव्य सम्म पु¥याउदा कसैले कामको प्रशंसा गरेको र कसैले अलि हेय दृष्टिले हेर्ने गरेको उनले सुनाइन ।श्रीमानको परिवारकै सगोलमा बस्ने भएको कारणले परिवारबाट विभिन्न किसिमका भोगनु परेको पिडा उनले सुनाई । “अटो रिक्सा चार्ज गर्न सम्म दिदैनन अरुकै घरमा चार्ज गरेको पैसा तिरेर चार्ज गर्ने गरेकी छु उनले भनिन ।

शिवराज नगरपालिका १ शिवपुर बस्ने गोमाको श्रीमान भने भारतमा छन । भारतमा कामकै शिलशिलामा श्रीमानले दोस्रो विवाह गरे पछि विचल्लीमा परेकी गोमाले छोराछोरी लिएर नेपाल फर्किन र अहिले शिवपुरमै रहेको आफ्नै श्रीमानको घरमा बसेकी छिन । श्रीमानले गरेको उनी मन नमिठो बनाउदै यो पेशा शुरु गरेको बताउछिन ।

 श्रीमानले अर्की विवाह गरेर भारतमा नै बसेपछि उनी श्रीमानको सम्पत्ती खोज्दै आएकी हुन । श्रीमती आफ्नै घरमा बस्छ भन्ने थाहा पाए पनि श्रीमानले खोज खबर गर्ने नगरेको गोमाले बताईन ।१२ कक्षा सम्मको अध्ययन गरेकी गोमाको विवाह १० बर्ष पहिले भएको हो ।  विवाह भए कै बर्ष उनी श्रीमान संग भारत तर्फ लागिन विहे पछिका दिनहरु पहिले राम्रै रहेको भए पनि पछि श्रीमानको व्यवहारमा परिर्वतन हुर्दै गयो ।दैनिक मदिरा सेवन गरी अनाहकमा झगडा गर्ने कुट्ने गर्न थाले । श्रीमानको दुव्र्यवहार सहन नसकी  २०७३ बैशाखमा माइती घर पर्वत आएकी उनलाई श्रीमानले पछि फेरी बोलाएनन । फोनमा कुरा गर्न खोज्दा अर्की श्रीमती ल्याएर बसेको श्रीमानले बताए पछि उनी भारत नगएर श्रीमानको घर शिवपुरमा आएर बस्न थालेको उनले बताईन । साना छोराछोरी र आफ्नो खर्च जोहो गर्न कम्पनीहरुमा काम पनि गरिन । कम्पन्नीमा काम गर्दा धेरै काम  गर्नु पर्ने र तलब पनि कम पाउने हुदाँ दैनिकी चलाउन गाहे भएको हुदाँ रिक्सा चलाउन शुरु गरेको उनले बताईन। श्रीमानले घर खर्च नपठाउने त्यसैले कम्पनीको काम छाडेर आफै अटो रिक्सा भाडा लिएर चलाउन थालेको उनले बताईन ।

श्रीमानले घर खर्च नपठाए पछि आफैले केहि काम त गर्नै पर्ने भयो भनी पहिले विभिन्न कम्पनीहरुमा काम गरेको र कम्पनीमा काम गर्दा महिला भएको कारणले धेरैले नकरात्मक दृष्ट्रिकोणले हेर्ने गरेकोले कम्पनीमा काम गर्न छोडी रिक्सा चलाउन थालेको उनले बताईन । “अहिले आफु खुसी काम गर्छु छोराछोरीलाई पनि समय दिन सकेकी छु कमाइ पनि राम्रै छ म सन्तुष्ट छु ”  उनले भनिन । संघसंस्था अधिकार कर्मीहरुको बारेमा सुनेको भए पनि अहिले सम्म कोही खोजखबर गर्न नआएको उनले बताईन ।

महिलाहरुले स्वरोजगार मुलक काम गर्न खोजे विभिन्न संघसंस्थाले सहयोग गर्छ भन्ने सुनेकी छु तर अहिले सम्म मलाई सहयोग गर्न त के सोध्न पनि कोहि आएको छैन । “नेपाल सरकारले पनि विभिन्न किसिमका स्वरोजगार कार्यक्रम ल्याए पनि हामी जस्ता महिलाहरुलाई हौसला दिने  र सहयोग पु¥यान सकेको छैन ,कहि कतै बाट सहयोग पाउने हो भने आफै अटो रिक्सा किनेर चलाउने सोचमा छु तर म एक्ली महिला संघसंस्थामा सहयोग माग्न जाउँकी भाडाको रिक्सा चलाउन जाँउ  । 

रिक्सा नचलाउने हो साँझ रिक्सा धनिलाई बुझाउने भाडा पनि हुदैन त्यसैले भाडा कै रिक्सा चलाएकी छु ”गोमाले भनिन । श्रीमानले अर्को विहे गरेको थाहा भए पनि श्रीमान आए परिवार संगै मिलेर बस्ने उनको सोच छ । नगर्नु थियो गल्ती भर्ई हाल्यो अब घरमा मिलेर बस्ने पक्षमा उनी छिन । 

म श्रीमान संग छुट्नि चहान्न तर उहाँ नै आउनु हुन्न गोमाले भनिन । गोमा भन्छिन महिलाले काम गरि खान सक्छन दरिलो आटँ र इच्छाशक्ति चाहिन्छ महिलाले गर्न नसक्ने कुनै पनि काम छैन । गलत काम पो गर्नु भएन श्रम गरि जिवीकोपार्जन गर्न किन डराउनु  ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा