Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पशुपतिनगरमा खानेपानीको ट्याङ्की निर्माण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, गौशाला । खानेपानी समस्या न्यूनिकरणका लागि बर्दिवास नगरपालिका– ९ स्थित पशुपतिनगरमा रु. ४४ लाखको लागतमा खानीपानी ट्याङ्की निर्माण भइरहेको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीको रु ४४ लाखको लागतमा स्थानीयलाई वर्षैभरी खान पुग्ने गरी खानेपानी ट्याङ्की बन्न लागेको सो कार्यालयका प्रमुख इन्जिनियर देवेन्द्र झाले बताउनुभयो ।

यसअघि त्यहाँ खानेपानीका लागि रु १७ लाखको लागतमा डिप बोर्डिंग जडान गरिसकेको र अब ओभर ट्याङ्की निर्माण कार्यको पनि शुभारम्भ भएको उहाँले जानकारी दिनुभयो ।

अबको एक डेढ वर्षभित्रमा यहाँ बसोबास गर्ने सबैको घर घरमा धारा जडान गराएर सहजरुपमा खानेपानीको आपूर्ति गर्ने योजना रहेको र सोहीअनुरुप ओभर ट्याङ्की निर्माण कार्य तीव्रगतिमा भइरहेको प्रमुख इन्जिनियर झाले बताउनुभयो ।

उहाँले खानेपानीको चर्को अभाव देखिएपछि अहिले डिप बोर्डिंगबाट सोझै मोटर जडान गरेर सबैलाई पानी खाने व्यवस्था मिलाएको पनि बताउनुभयो । रासस