2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिडियोले खोलेपछि यस्तो रहस्य

April 1, 2017

सास । चैत्र १९, बर्दिया । 

प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले आफू सिडियो (जिल्ला प्रमुख) नभएको भए उद्योगपति बन्ने कुराको रहस्योद्घाटन गर्नुभएको छ । 

नेपाल सरकार यसवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय बर्दियाले आयोजना गरेको उद्यमशीलता र रोजगारी विषयक १ दिने परामर्श कार्यक्रमको समापन सत्रमा आफ्नो विचार राख्दै प्रमुख जिल्ला अधिकारी थापाले यस्तो कुरा बताउनुभएको हो । 

वहाँले हालै स्थानीय निर्वाचनको सन्दर्भमा बर्दियामा १२ सय म्यादी प्रहरी मागिएकोमा ५२ सय जतिले फारम भरेको बताउनुहुँदै अझै अवधि बढाएको भए ८÷१० हजारको संख्यामा आवेदकहरु हुने बताउनुभयो । यही प्रसङ्गलाई हामीमा जगीर गर्ने क्षमता र उद्यमशीलताको विकास भैदिएको भए आज बेरोजगारी युवाहरुको यो भीड देख्न पर्दैनथ्यो, जिल्ला प्रूमुखले बताउनुभयो । 

२ महिना जति काम गरेर जम्मा २५÷३० हजारका लागि यति धेरै भिड भएको पनि हामीमा उद्यमशीलता नभएको कारणले गर्दा हो भन्नुहुँदै विद्यालय जीवनबाट नै उद्यमशीलताको विकास आवश्यक रहेको कुरा औंल्याउनुभयो । वैदेशिक रोजगारीका लागि युवायुवतीहरु ठगीमा परेर जाँदा अत्यन्तै दुःख पाउने गरेकोले सक्षम तथा दक्ष भएर मात्रै वैदेशिक रोजगारीमा जानका लागि सहभागी युवाहरुलाई सल्लाह दिनुभयो । 

साथै प्रमुख जिल्ला अधिकारी थापाले आफ्ना जीवनका भोगाइहरुलाई अत्यन्तै रोचक तरीकाबाट प्रस्तुत गर्दा सहभागी युवाहरु निकै ध्यान दिएर सुनिरहेका थिए । जस अन्तर्गत वहाँले पर्वत जिल्लामा जसमाया गुरुङ्गले अल्लो प्रशोधन गरेर यसको रेशाबाट धागो बनाएर बाटेर कपडा बनाउँदा बनाउँदै आज ठूलै उद्यमी बनेको उदाहरण सुनाउनुभयो । साथै वहाँले आफ्ना बाल्यकालका रमाइला अनुभुतिहरु प्रस्तुती गर्नुहुँदै आँफूले गरेको मिहिनेतका कारणले गर्दा अर्घाखाँचीको ग्रामीण विद्यालयबाट एसएलसी गरेर काठमाडौं गएर संघर्ष गरेको अनुभव सुनाउनुहुँदै सँगै पढेका शहरका साथीहरु धेरै पछाडी परेको बताउनुहँदै जसले मिहिनेत गरेको छ, उ नै जीवनमा सफल बन्छ, जाँगर चलाएपछि सिप प्रकृतिले दिएको छ त्यसैले केही न केही सिप हामीले सिक्नै पर्छ’, प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले बताउनुभयो । साथै आफू जागीरबाट निवृत्त भएपछि पनि  जीवन बाँकी रहने भएकोले एउटा पेशा गरुँला भनेर सोच बनाएकोले आफूमा भएको सिर्जनात्मक सिपको सदुपयोग गर्नु पर्छ भन्ने सल्लाह सहभागी युवाहरुलाई दिनुभयो ।

परामर्श कार्यक्रममा परामर्श दिनुहुँदै घरेलु तथा साना उद्योग कार्यालयका उद्याेग अधिकृत महेन्द्रसिंंह रावल ….

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालयले आयोजना गरेको उद्यमशीलता र रोजगारी विषयक १ दिने परामर्श कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बर्दियाका उद्योग अधिकृत महेन्द्रसिंह रावलले उद्यमी र उद्यमशीलताको परिचय एवम लघु घरेलु तथा साना उद्योग दर्ता प्रक्रिया सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो भने जिल्ला युवा समितिको कार्यालयका प्रमुख नीलकण्ठ रेग्मीले कार्यालयको परिचय तथा संरचना, नेपालमा युवाहरुको वर्तमान अवस्था, युवा विकासका प्रमुख कार्यनीतिहरु, संस्थागत व्यवस्था र १४औं योजनामा युवा विकास सम्बन्धी लक्ष्य नीति तथा कार्यक्रमको विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

परामर्शमा सहजीकरण गर्नुहुँदै कार्यालका प्रमुख नीलकण्ठ रेग्मी ….

साथै, परामर्श कार्यक्रममा बर्दियाली कलाकर्मी तथा सञ्चारकर्मी प्रभात सुवेदीले आफ्ना विभिन्न साङ्गीतिक प्रस्तुतीहरुका माध्यमबाट युवाहरुलाई स्वरोजगारतर्फ सोच बनाउन र वैदेशिक रोजगारीको मोह त्याग्नका लागि प्रेरित गर्नुभएको थियो । 

कार्यक्रममा श्री ध्रुब मा.वि. तुलसीपुर, श्री महाकवी देवकोटा मा.वि. गुलरिया, श्री विद्या ज्योति माध्यमिक विद्यालय कण्ठपुर र श्री बगालमुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका कक्षा १२ का ४ दर्जन बढी युवाहरुको सक्रिय सहभागीता रहको थियो । 

कार्यक्रममा सहभागी युवाहरु ……


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले