चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरुलाई विवरण बुझाउने अन्तिम म्याद फेरि १० दिनको लागि थपियो

२३ चैत्र २०७३, बुधबार ०८:३९

चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० दिनको लागि समय थप गरेको छ । निर्धारित समय सम्म निकै कम व्यवसायीहरूले मात्र विभागमा विवरण बुझाएपछि अन्तिम पटक भन्दै दोस्रो पटक १० दिनको म्याद थप गरेको हो । 

म्यानपावरहरूले ०७२ असार २१ गतेयता विदेश आपूर्ति गरेका कामदारको विवरण विभागलाई पठाउनुपर्ने छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई न्यून लागतमा पठाउन श्रम तथा रोजगार मन्त्रालयले ०७२ जेठ २६ मा राज्य मन्त्रीस्तरीय निर्णय गरी शून्य लागतको व्यवस्था गरेको थियो ।

यसअनुसार म्यानपावर एजेन्सीले विदेश जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रूपैयाँबाहेक अन्य कुनै पनि शुल्क लिन पाउँदैनन् । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ बमोजिम फ्रि भिसा, फ्रि टिकटको अनुगमन गर्न आवश्यक देखिएको भन्दै गत चैत्र १ गते पहिलो पटक फर्मको ढाँचा सहित विवरण बुझाउनका लागि सात दिनको म्याद दिएको थियो ।

उक्त म्याद गुज्रिँदासम्म निकै थोरै मात्र म्यानपावरहरूले विवरण पठाए पछि गत चैत ८ गते देखि १५ दिनको समय थप गरेको थियो । तर हाल सञ्चालनमा रहेका कुल ७ सय ५४ वटा म्यानपावरहरूमध्ये सय वटाको हाराहारीमा मात्र विवरण आएपछि विभागले अन्तिम पटक भन्दै १० दिनको म्याद थपेको वैदेशिक रोजगार विभागका निर्देशक नारायण आचार्यले जानकारी दिए ।

म्यानपावरहरूले सेवा शुल्कभन्दा निकै बढी रकम लिएर कामदार विदेश पठाएको गुनासो र उजुरी विभागमा दिनहुँजसो पर्ने गरेको छ । तर पनि विभागले ठोस कारबाही गरेको तथ्यांक छैन । विवरण बुझाउनेहरू मध्ये पनि विभागले माग गरेको अनुसार पुर्ण विवरण पठाएका छैनन् ।

निर्देशक आचार्यले भने ‘अधिंकाश व्यवसायीहरूले माग गरेबमोजिम विवरणहरू बुझाउने प्रयास गरेका छन् तर सबैको माग गरे बमोजिम विवरणहरू आएको छैन, हामीले अझै केलाएर हेर्न बाकिँ छ ।’

सोधिएका विवरणहरू आय–नआएका हेर्नका लागि विभागले एक ‘चेक लिस्ट’ समेत बनाएको छ । चेक लिस्टको आधारमा सोधिएका विवरण आए नआएको परिक्षण भइरहेको समेत विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य