चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० "/>
2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरहरुलाई विवरण बुझाउने अन्तिम म्याद फेरि १० दिनको लागि थपियो

चैत २३, काठमाडौं | वैदेशिक रोजगार विभागले ‘फ्रि भिसा फ्रि टिकट’ कान्यान्वयनको अध्ययनको लागि वैदेशिक रोजगार व्यवसायीहरूसँग माग गरेको विवरणहरू बुझाउने समय पुनः १० दिनको लागि समय थप गरेको छ । निर्धारित समय सम्म निकै कम व्यवसायीहरूले मात्र विभागमा विवरण बुझाएपछि अन्तिम पटक भन्दै दोस्रो पटक १० दिनको म्याद थप गरेको हो । 

म्यानपावरहरूले ०७२ असार २१ गतेयता विदेश आपूर्ति गरेका कामदारको विवरण विभागलाई पठाउनुपर्ने छ । वैदेशिक रोजगारीमा जाने कामदारलाई न्यून लागतमा पठाउन श्रम तथा रोजगार मन्त्रालयले ०७२ जेठ २६ मा राज्य मन्त्रीस्तरीय निर्णय गरी शून्य लागतको व्यवस्था गरेको थियो ।

यसअनुसार म्यानपावर एजेन्सीले विदेश जाने कामदारसँग सेवा शुल्कबापत १० हजार रूपैयाँबाहेक अन्य कुनै पनि शुल्क लिन पाउँदैनन् । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ बमोजिम फ्रि भिसा, फ्रि टिकटको अनुगमन गर्न आवश्यक देखिएको भन्दै गत चैत्र १ गते पहिलो पटक फर्मको ढाँचा सहित विवरण बुझाउनका लागि सात दिनको म्याद दिएको थियो ।

उक्त म्याद गुज्रिँदासम्म निकै थोरै मात्र म्यानपावरहरूले विवरण पठाए पछि गत चैत ८ गते देखि १५ दिनको समय थप गरेको थियो । तर हाल सञ्चालनमा रहेका कुल ७ सय ५४ वटा म्यानपावरहरूमध्ये सय वटाको हाराहारीमा मात्र विवरण आएपछि विभागले अन्तिम पटक भन्दै १० दिनको म्याद थपेको वैदेशिक रोजगार विभागका निर्देशक नारायण आचार्यले जानकारी दिए ।

म्यानपावरहरूले सेवा शुल्कभन्दा निकै बढी रकम लिएर कामदार विदेश पठाएको गुनासो र उजुरी विभागमा दिनहुँजसो पर्ने गरेको छ । तर पनि विभागले ठोस कारबाही गरेको तथ्यांक छैन । विवरण बुझाउनेहरू मध्ये पनि विभागले माग गरेको अनुसार पुर्ण विवरण पठाएका छैनन् ।

निर्देशक आचार्यले भने ‘अधिंकाश व्यवसायीहरूले माग गरेबमोजिम विवरणहरू बुझाउने प्रयास गरेका छन् तर सबैको माग गरे बमोजिम विवरणहरू आएको छैन, हामीले अझै केलाएर हेर्न बाकिँ छ ।’

सोधिएका विवरणहरू आय–नआएका हेर्नका लागि विभागले एक ‘चेक लिस्ट’ समेत बनाएको छ । चेक लिस्टको आधारमा सोधिएका विवरण आए नआएको परिक्षण भइरहेको समेत विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही