११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलभित्र यौन काण्डको भूकम्प

२४ चैत्र २०७३, बिहीबार ०१:२६

चैत २४, काठमाडौं । भिजिट भिषामा दुबई जाने क्रममा रहेकी एक युवतीसंग त्रिभुवन बिमानस्थालका एक कर्मचारीले रात बिताउन प्रस्ताव गरेपछि ति व्यक्ति न्युज-२४ टिभीको सक्रियतामा प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौं स्थायी घर भएका मोडलिङ गर्ने एउटा युवती घुम्न दुबई जाँदै थिईन् । सबै तयारी पुरा गरि विमानस्थल पुगेकी युवतीलाई बिभिन्न बहाना बनाई अध्यागन कर्मचारीले दुबई जान दिएनन् । 

पछी दुबई जान नपाएकी युवतीको सम्पर्कमा काठमाडौँ बसुन्धारा घर भएका प्रहरी मोहन बस्याल आए । आफूलाई अध्यागमनको कर्मचारी भन्ने बस्यालले ६० हजार रुपैयाँ दिए वा एक रात आफूसँग बिताए दुवई जान नरोकिने बताएका थिए । दुबई जान रोकियेकी ति युवती मिडियाको समक्ष जाने कोसिस सहित न्युज-24 टिभीको कार्यालय पानीपोखरी आईपुगिन् ।

प्रहरी वस्यालले आफ्नो मोवाईल नम्वरबाट युवतीलाई म्यासेजमा डिस्काउन्ट सहित यौन अफर गरेका थिए । पहिले ६० हजार भनिएपनि बस्यालले ५० हजार रुपैयाँ र एक रात आफूसँग सुत्न गेष्टहाउस जान अफर गरेका थिए । न्युज-24 ले एक ख्यातीप्राप्त कार्यक्रम मार्फत ति युवतीको मुद्धालाई अघि बढाउंदै बस्याललाई हतकडी लगाउन सफल भयो । 

बेथितिभित्र घटनाको सृंखला हुन्छ भन्ने बिषयलाई चरितार्थ पार्दै पछिल्लो पटकको यौन काण्डसँगै बिमानस्थलको भित्रै रहश्य समेत पर्दा फास भएको छैन, बिमानस्थलभित्र कतिसम्मको अनैतिक र निच कामका आँटिला कर्मचारीहरु छन् भन्ने समेत खुलेको छ । ति पक्राउ परेका कर्मचारीको ब्यबहारबाटै त्रिभुवन बिमानस्थलभित्र कतिसम्म बेथिति मौलाएको छ भन्ने प्रस्ट भएको सामाजिक संजालमा आम सर्वसाधारणले लेखेका छन् । 

तलको भिडियोको अन्तिम तिर बिमानस्थलका एक कर्मचारीको बिषयमा पुरा घटना हेर्न सक्नुहुन्छ: 


न्युज 24 टिभीको अनुसार पक्राउ परेका प्रहरी बस्यालले घटनामा धेरैको नाम ओकलेका छन् । पत्रकार रवी लामिछानेको टोलीले गरेको अप्रेशनपछी बिमानस्थलमै हंगामा मच्चिएको छ । बिमानस्थलबाट दैनिक हजारौंको संख्यामा जाने नेपाली पुरुष कामदार तथा महिलाहरुसँग छुट्टाछुट्टै अशुली धन्दा चलाइएको पर्दाफास भएपछी त्यसको अनुसन्धानमा प्रहरी जुटेको छ । 

हुनत बिमानस्थालको बिषयमा दैनिक बिभिन्न बेथितिहरु सार्वजनिक हुँदै आएका छन् । मासिकजस्तो बिभिन्न ठूला घटनामा बिमानस्थल मुछिएको छ तर पछिल्लो पटक यौन काण्डमा समेत विमानस्थल मुछिदा र संचार मध्यमकै सक्रियतामा आरोपीका सबै कुरा रेकर्ड गर्न सक्दा यो पटक पनि बिमानस्थलका धेरै बेथितिहरु बाहिरिने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल