२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विमानस्थलभित्र यौन काण्डको भूकम्प

२०७३, २४ चैत्र बिहीबार ०१:२६

चैत २४, काठमाडौं । भिजिट भिषामा दुबई जाने क्रममा रहेकी एक युवतीसंग त्रिभुवन बिमानस्थालका एक कर्मचारीले रात बिताउन प्रस्ताव गरेपछि ति व्यक्ति न्युज-२४ टिभीको सक्रियतामा प्रहरीको फन्दामा परेका छन् ।

काठमाडौं स्थायी घर भएका मोडलिङ गर्ने एउटा युवती घुम्न दुबई जाँदै थिईन् । सबै तयारी पुरा गरि विमानस्थल पुगेकी युवतीलाई बिभिन्न बहाना बनाई अध्यागन कर्मचारीले दुबई जान दिएनन् । 

पछी दुबई जान नपाएकी युवतीको सम्पर्कमा काठमाडौँ बसुन्धारा घर भएका प्रहरी मोहन बस्याल आए । आफूलाई अध्यागमनको कर्मचारी भन्ने बस्यालले ६० हजार रुपैयाँ दिए वा एक रात आफूसँग बिताए दुवई जान नरोकिने बताएका थिए । दुबई जान रोकियेकी ति युवती मिडियाको समक्ष जाने कोसिस सहित न्युज-24 टिभीको कार्यालय पानीपोखरी आईपुगिन् ।

प्रहरी वस्यालले आफ्नो मोवाईल नम्वरबाट युवतीलाई म्यासेजमा डिस्काउन्ट सहित यौन अफर गरेका थिए । पहिले ६० हजार भनिएपनि बस्यालले ५० हजार रुपैयाँ र एक रात आफूसँग सुत्न गेष्टहाउस जान अफर गरेका थिए । न्युज-24 ले एक ख्यातीप्राप्त कार्यक्रम मार्फत ति युवतीको मुद्धालाई अघि बढाउंदै बस्याललाई हतकडी लगाउन सफल भयो । 

बेथितिभित्र घटनाको सृंखला हुन्छ भन्ने बिषयलाई चरितार्थ पार्दै पछिल्लो पटकको यौन काण्डसँगै बिमानस्थलको भित्रै रहश्य समेत पर्दा फास भएको छैन, बिमानस्थलभित्र कतिसम्मको अनैतिक र निच कामका आँटिला कर्मचारीहरु छन् भन्ने समेत खुलेको छ । ति पक्राउ परेका कर्मचारीको ब्यबहारबाटै त्रिभुवन बिमानस्थलभित्र कतिसम्म बेथिति मौलाएको छ भन्ने प्रस्ट भएको सामाजिक संजालमा आम सर्वसाधारणले लेखेका छन् । 

तलको भिडियोको अन्तिम तिर बिमानस्थलका एक कर्मचारीको बिषयमा पुरा घटना हेर्न सक्नुहुन्छ: 


न्युज 24 टिभीको अनुसार पक्राउ परेका प्रहरी बस्यालले घटनामा धेरैको नाम ओकलेका छन् । पत्रकार रवी लामिछानेको टोलीले गरेको अप्रेशनपछी बिमानस्थलमै हंगामा मच्चिएको छ । बिमानस्थलबाट दैनिक हजारौंको संख्यामा जाने नेपाली पुरुष कामदार तथा महिलाहरुसँग छुट्टाछुट्टै अशुली धन्दा चलाइएको पर्दाफास भएपछी त्यसको अनुसन्धानमा प्रहरी जुटेको छ । 

हुनत बिमानस्थालको बिषयमा दैनिक बिभिन्न बेथितिहरु सार्वजनिक हुँदै आएका छन् । मासिकजस्तो बिभिन्न ठूला घटनामा बिमानस्थल मुछिएको छ तर पछिल्लो पटक यौन काण्डमा समेत विमानस्थल मुछिदा र संचार मध्यमकै सक्रियतामा आरोपीका सबै कुरा रेकर्ड गर्न सक्दा यो पटक पनि बिमानस्थलका धेरै बेथितिहरु बाहिरिने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता