२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहकारीको बचत ९३ करोड ५० लाख

२०७३, २४ चैत्र बिहीबार ०९:३९

चैत २४, कञ्चनपुर । जिल्लामा रहेका ३९८ सहकारी संस्थामा आबद्ध एक लाख ७७ हजार सदस्यले रु ९३ करोड ५० लाख ७३ हजार रकम बचत गरेका छन् । 

डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत रामबहादुर खातीका अनुसार बचत तथा ऋण सहकारी संस्थामा आबद्ध २६ हजार ३९१ सदस्यले रु २९ करोड ४१ लाख रकम बचत गरेका छन् । 

कृषि सहकारी संस्थामा आबद्ध २८ हजार ४० सदस्यले रु २१ करोड २५ लाख १९ हजार, बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध ३५ हजार ३८० सदस्यले रु ३७ करोड ३३ लाख ७१ हजार, विद्युत् सहकारी संस्थामा आबद्ध चार हजार ३५४ सदस्यले रु तीन लाख ११ हजार रकम बचत गरेका छन् । 

यसैगरी, उपभोक्ता सहकारीमा आबद्ध दुई हजार ६४८ सदस्यले रु तीन करोड ३१ लाख छ हजार, पशुपालन सहकारी संस्थामा आबद्ध ६५६ सदस्यले रु ३९ लाख ८३ हजार र अन्य प्रकृतिका सहकारी संस्थामा आबद्ध दुई हजार ७१६ सदस्यले रु एक करोड ७६ लाख ७९ हजार रकम बचत गरेको खातीले बताउनुभयो । 

सहकारीमा रकम बचत गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको छ । रकम बचत गर्ने महिलाको सङ्ख्या ५५ हजार २२९ र पुरुषको सङ्ख्या ४५ हजार ४४३ रहेको छ । डिभिजन सहकारी कार्यालयमा कञ्चनपुरमा कार्य क्षेत्र भएका बचत तथा ऋण सहकारी ५६, कृषि २०४, विद्युत् ६५, बहुउद्देश्यीय ४०, सिलाइ एक, उपभोक्ता चार, पशुपालन चार, स्वास्थ्य एक, जडीबुटी एक र अन्य प्रकृतिका सहकारीको सङ्ख्या १२ रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ