अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले "/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्युत उपभोक्तानै बढी सत्तर्क हुनुपर्नेमा जोड

२५ चैत्र २०७३, शुक्रबार ११:१५


अजयकुमार साह/चैत २५, उदयपुर । विद्युत र विद्युतिय उपकरणहरुको प्रयोग गर्दा सबैभन्दा पहिले उपभोक्तानै बढी सत्तर्क हुनुपर्ने कुरामा एक कार्यक्रमका सहभागीहरुले जोड दिईएकाछन् ।

“विद्युतिय सुरक्षा, चुहावट नियन्त्रण र किफायती उपयोग: देश विकास र सम्बृद्धिमा सहयोग” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा पहिलो पटक आज शुक्रबार एकसाथ मनाईएको विद्युत सुरक्षा दिवस २०७३ को अवसरमा सदरमुकाम गाईघाटमा आयोजित एक अन्त्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो कुरा बताएकाछन् ।

विद्युत प्रयोग गर्नेमा सर्वप्रथम उपभोक्ता आफै अगाडी हुने भएकोले समेत हरेक हिसावले सतर्क रहनु आवश्यक रहेको विद्युत प्राधिकरण उदयपुर वित्तरण केन्द्रका प्रमुख ईन्जीनियर अवधेशकुमार दुवेले बताउनुभयो । केन्द्र प्रमुख दुवेले घर निर्माण गर्दा गुणस्तरीय वायरिङ भए नभएको, तारको गुणस्तर राम्रो भए नभएको, अर्थिङको व्यवस्थ आदि बारे उपभोक्ताहरु अझ बढी संवेदनशिल हुनु जरुरी रहेको बताउनुभयो ।

वहाँले सुरक्षाका लागि विजुलीको तार नजिकै कुनै पनि संरचना बनाउन, भिजेको हातले विद्युतिय उपकरण नचलाउन, दक्ष प्राविधिकबाट मात्र वायरिङ गराउन र विद्युतिय काम गर्दा सुरक्षा सामंग्रीहरुको अनिवार्य प्रयोग गर्दा समेत सुरक्षित हुन बल पुग्ने बताउनुभयो ।

उहाँले उपभोक्ताले सुरक्षाका साथै विद्युत बचतमा समेत उत्तिक्कै ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । कम विद्युत खपत गर्ने बत्तिहरुको प्रयोग अत्यधिक गर्न, अनावश्यक रुपमा विद्युतीय उपकरणहरु नचलाउन, घरबाट बाहिर निस्कदा बत्ति निभाउने गरे विद्युत अत्यधिक बचत हुने र सोही बचत भएको विद्युत उत्पादन गरे सरह हुने समेत जानकारी गराउनुभयो ।


अन्त्ररक्रिया कार्यक्रममा बोल्दै केन्द्रका अर्का ईन्जिनियर अनिलकुमार चौधरीले विद्युत चोरी हुन नदिन उपभोक्ता सचेत हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले विद्युत चोरी गर्नेलाई सामाजिक रुपमा बहिष्कार समेत गर्नुपर्ने धारणा राख्नुभयो । विद्युत चोरी गर्दा दुर्घट्ना समेत हुने भएकोले विद्युत चोरी हुनबाट रोक्नुका साथै यस्तो घट्नाको विषयमा केन्द्रमा समेत खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्य अजयकुमार साह, जिवनाथ दाहाल, प्रदेश पार्शद् ईश्वर तामाङ्ग लगायतले विद्युत सुरक्षाका बारेमा देखिएका समस्याहरु बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले विद्युत प्राधिकरणले जनचेतनामुलक कार्यक्रमहरुका साथै सूचना तथा सन्देशहरु प्रकाशन र प्रशारण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

पहिलो पटक मनाईएको विद्युत सुरक्षा दिवसको अवसरमा आजै विहान जनचेतनामुलक ¥यालीको अयोजना गरिएको थियो । ¥यालीमा विद्युतिय सुरक्षा सम्बन्धी विभिन्न किसिमका जनचेतनामुलक नाराहरु सहित नगर परिक्रमा गरिएको थियो । कार्यक्रमा पत्रकार, सुरक्षाकर्मी, सोसाईटी अफ ईलेक्ट्रिकल ईन्जीनियर्स नेपाल(सिन), प्राधिकरणका कर्मचारी, स्थानिय उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य