चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्या"/>
२०८२, ३ फाल्गुन आईतवार
अर्थ/विकास

चैत्राष्टमी मेला ०७३ को आय व्यय सार्बजनिक

२०७३, २८ चैत्र सोमबार ०६:२४

चैत्राष्टमी मेला ०७३ को प्रारम्भिक आय ब्यय विवरण सार्बजनिक गरिएको छ । चैत्र १६ देखि २३ गतेसम्म संचालित मेलामा राष्टिय लोक दोहोरी, कालिका कप भलिबल, चैत्राष्टमी कप फुटबल, छेलो प्रतियोगिता समावेश गरिएको थियो । साथै स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुले सांगितिक प्रस्तुती प्रस्तुत गरेका थिए । रमाइलो बाल उद्यान र सस्तो बजारले पनि मेलाको आकर्षण थपेको थियो । 

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

सोमबार आयोजित पत्रकार भेटघाटमा मूल संयोजक राजु खड्काले प्रारम्भिक आय व्यय सार्वजनिक गर्दै १९ लाख ८० हजार २ सय रुपैयां खर्च भएको र १४ लाख ८४ हजार १ सय १० रुपैयां आय भएको जानकारी दिनु भयो । साथै ६ लाख ५५ हजार रुपैयां आयोजक सस्थाहरु तथा प्रायोजक आदीबाट जम्मा हुन बाकी रहेको खड्काले जानकारी दिनु भयो । मेलाको नाममा ४४ हजार १ सय १० मौज्दात रहेको छ ।

चैत्राष्टमी मेलाको आय ब्ययको हिसाव बढीमा ३ महिना भित्र सार्बजनिक गरिने आर्थिक संयोजक कुमार खड्काले बताउनु भयो । मेला व्यवस्थापन समितिले पाउनु पर्ने रकम समयमै उपलब्ध गराइ दिन उहांले आग्रह गर्नु भयो । 

कालिका भगवती गुठीको मूल संयोजनमा आयोजित चैत्राष्टमी मेलामा जिल्ला समन्वय समिति, बानपा कार्यालय, रामरेखा सामुदायिक बन लगायतका ११ सस्थाहरु आयोजक रहेका थिए । मेलाको उप प्रधान मन्त्रि कमल थापाले उद्घाटन गर्नु भएको थियो । मेला व्यवस्थापनमा सहयोग गर्नु हुने सबैलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ