थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) "/>
2026-09-03 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबई आउँदा मैले म्यानपावरलाई ३ लाख ६० हजार तिरें तर…

थमन गुरुङ्ग (युएई) | म हाल युएईको आबुधावी शहरमा बिगत ५/६ महिनादेखी PSBD SECURITY GUARD मा कार्यरत छु । यहा्ँ UAE मा दुई किसिमका सुरक्षा गार्डहरु छन् (१) DPS (२) PSBD र यस PSBD मा आउने हरेक नेपालीले म्यानपावर कम्पनीमा रु. ३ लाख ५० हजारदेखी ४ लाख ५० हजारसम्म तिरेर आउँछन्  र मैले पनि गौशाला स्थित ‘सेवेन सिज’ नामक म्यानपावर कम्पनीमा रु. ३ लाख ६० हजार बुझाएर आएको हुँ र म्यानपावर कम्पनीले रु १० हजारको मात्र रसिद थमाइदियो । तीन दिने अभिमुखिकरण तालिमको निम्ति प्रति ब्यक्ति रु ६,००० अतिरिक्त शुल्क भर्न लगायो । 

अब भन्नुस के यो मापदण्ड सहि छ ? यो दश हजारको रसिद कुन आधारमा हामीलाई दिइयो ? नि:शन्देह यसमा सेटिङ हुनैपर्छ । बैदेशिक रोजगार बिभागको अनुसार मोबाइलको म्यासेज बक्समा गई PP टाइप गरि एक स्पेस छोडेर आफ्नो पासपोर्ट लेखी 34001 सेन्ड गरि हेर्दा त्यहाँ पनि लागत रु १०,०००/- (दश हजार मात्र) भनि म्यासेज आउँदो रहेछ, यदि भिजा लागेको खण्डमा म्यासेजको अन्तमा dofe भनि आउदो रहेछ । 

त्यसैले मलाइ लाग्छ dofe (बैदेशिक रोजगार बिभाग)  कै कर्मचारीकै पनि मिलिमतो हुनसक्छ । बिभागले म्यानपावरले कामदारसँग कति लुट्छन लुटोस भनेर छुट दिँदै आफुलाई पनि केहि कमिसन राखेका छन् हैन भने यत्रो बेथिति देख्दा-देख्दै नियमनककारी निकाय किन मौन ? विदेश जाँदा ठगिने अधिकांशले म्यानपावरले पैसा उठाउनु बिभागको समेत मिलिमतो छ भनेर भन्दै गर्दा किन बिभागले आफुलाई चोख्याउने काम गर्न सक्दैन ? 

यदी बैदेशिक रोजगार बिभाग र सम्बन्धित निकाय निर्दोष छन् भने सरकारले लागु गरेको ‘जिरो कष्ट’ लागु गर्न सक्छ तर जब उनीहरुनै कमिसनको खेलमा भएर होला, बैदेशिक रोजगारमा बेथिति कहिलै सुध्रन सक्दैन । 

२/४ जना भ्रष्ट कर्मचारीको अकुत सम्पति कमाउने चक्करमा लाखौँ सोझा नेपालीहरुले दु:ख पाउनु परिरहेछ । 

धन्यबाद ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला । इमेल गर्दा तपाइको परिचय खुल्ने कागजातको फोटो खिचेर पठाउनुपर्नेछ । साथै आफ्नो तश्विरसहित टिप्पणी राख्न चाहनुहुन्छ भने फोटोसमेत पठाउन सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ