Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिक्षक दिवसको अवसर पारि अछाममा तीन छात्रवृत्ति कोष स्थापना

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

कमल रावल/चैत २९, अछाम । शिक्षक दिवसको अवसरमा अछाम जिल्लामा ३ वटा छात्रवृत्ति कोष स्थापना भएका छन् ।

३८ औँ शिक्षक दिवसको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा ३ वटा छात्रवृत्ति कोषको स्थापना गरिने जानकारी गराईएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नर बहादुर रावलले संगठनको

तर्फबाट जिल्ला स्तरीय परिक्षामा जिल्लामा उत्कृष्ठ नम्बर ल्याउने १ जना छात्र र १ जना छात्रालाई पुरस्कृत गर्न हाल ३५ हजारको कोष र शिक्षक संगठनमा आवद्ध करिब १ हजार ४ सय शिक्षकबाट स्वेच्छिक रुपमा कम्तिमा आधा दिनको तलब संकलन गरी अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।

यस्तै बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल अमेरीका रहनुहुने शिक्षाप्रेमी शमशेर साउँदले १ लाख ५० हजारको अक्षय कोष स्थापना गरी झपट नन्दकला गंगा अक्षय कोषको स्थापना गर्नुभएको छ । नन्दा मावि कालिकामा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी उपलब्ध गराउने गरी सो पुरस्कार

स्थापना गरिएको हो । यस्तै यस्तै बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल काठमाण्डौमा बस्नुहुने नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी झपट रावलले मंगला नेरा मावि व्यवसायीक तथा प्राविधिक धार ईन्जिनियरिङमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग गर्ने

गरी १ लाखको बहादुर सिंह जयसरा स्मृति अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको छ । अछाम क्षेत्र नम्बर २ का सांसद तथा एमाले प्रदेश कमिटि सदस्य भरत साउँदले सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले अनुकरणीय काम गरेको भन्दै शिक्षक समाजलाई सही बाटोमा डो¥याउने अगुवा भएकोले सधैँ

असल र सिर्जनशिल भएर लाग्नुपर्ने बताउनु भयो । देशको विकास र परिवर्तनका महत्वपूर्ण घडीमा संगठनले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा स्थानीय तहको निर्वाचन र संघीय संरचनामा गाउँको विकासको लागि सबै एकजुट भएर राम्रो, असल र देश विकासको नीति भएका व्यक्तिलाई जिताउन सहयोग

गर्नुपर्ने उहाँले बताउनु भयो । कार्यक्रममा एमाले जिल्ला सचिव यज्ञ बोगटीले आफ्नो पार्टी नेकपा एमालेले शिक्षा क्षेत्रको विकासको लागि नीतिगत रुपमा महत्वपूर्ण निर्णय गरेको र एमालेको आफ्नो गाउँ आफै बनाउँ, ९“स” का कार्यक्रम लगायतबाट गाउँ गाउँमा विद्यालय खोलिएको भन्दै अहिले शिक्षा क्षेत्रमा

विकास भएको र गुणस्तर कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एमाले मंगलसैन नगर संगठन कमिटि संयोजक पदम बोहराले शिक्षक संगठनले गरिरहेको रचनात्मक कार्यले शिक्षकको मर्यादा बढाएको भन्दै हरेक शिक्षकले आफ्नो गरिमा बढाउनुपर्नेमा जोड दिनुभयो ।

३८ औँ शिक्षक दिवस, छात्रवृत्ति कोष स्थापना, पत्रकार भेटघाट तथा नव बर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षक संगठनका पदाधिकारी, सञ्चारकर्मी लगायतले सुझाव तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक संगठनका सदस्य कृष्ण विकले गर्नुभएको थियो ।