माधव बेल्वासे | चैत ३०, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा नष्ट भएको छ । स्थानीय मन्नान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे | चैत ३०, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा नष्ट भएको छ । स्थानीय मन्नान"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा भिषण आगलागी, ५९ घरगोट नष्ट, २२ बाख्रा जले, एक जना घाइते

३० चैत्र २०७३, बुधबार १६:३०


माधव बेल्वासे | चैत ३०, चन्द्रौटा | कपिलवस्तुको शिवराज नगरपालिका १०, सितलापुरमा बुधबार दिउँसो साढे ११ बजे आगलागी हुँदा ५९ घरगोठ जलेर खरानीमा नष्ट भएको छ । स्थानीय मन्नान मियाको घरबाट आगलागी भएको हो ।आगलागीबाट स्थानीय ५५ वर्षे सिताराम लोनिया सामान्य घाइते भएका छन् भने आगलागीबाट २२ गोटा बाख्रा जलेर मरेका छन् ।

आगलागीबाटे वाटा खाद्यान्न सम्पूर्ण जलेर खरानी भएको छ । आगलागीबाट बसिर मियाको १३ गोटा बाख्रा, सत्यनारायण चमारका ४, मंसुर मियाका ३ र मन्नान मियाका २ गोटा बाख्रा जलेर मरेको भट्टराईले बताउनुभयो ।

तौलिहवा र कृष्णनगरबाट आएको दमकल, वडाप्रहरी कार्यालय चन्द्रौटाको टोली, महराजगञ्जको सशस्त्र टोली, स्थानीय बासिन्दा लगायतको सक्रियतामा आगो साँझ ३ बजे नियन्त्रणमा आएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।


आगलागी भएको एक घण्टापछि कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक भोजजंग शाह समेतको टोलीले स्थलगत अनुगमन, निरीक्षण गरेका थिए । आगो नियन्त्रणसँगै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्ला दैबी प्रकोप राहत कोषबाट पीडित परिवारलाई तत्काल जनही ५ हजारका दरले नगद रकम हस्तान्तरण गर्नुभयो । प्रजिअ ढकालले पीडित सम्पूर्ण घरपरिवारलाई विहीबारसम्म जनही १० हजारका दरले रकम वितरण गरिने बताउनुभयो । सोही क्रममा प्रजिअ ढकालले जिल्ला दैवीप्रकोप राहत समितिको बैठक बसी अन्य सामग्रीको लागि तत्काल पहल गरिने समेत पीडित परिवारलाई आश्वासन दिनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै