१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बहराइनमा रहेका म्याग्देलीबाट शान्ति कोषलाई ११ लाख

४ बैशाख २०७४, सोमबार ०६:०८

बैशाख ४, म्याग्दी । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् । 

म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । 

आर्थिकरुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ । बहराइनबाट सहयोग गर्ने म्याग्दीका मनकारीले संस्थाको पवित्र उद्देश्यलाई सफल पार्नका लागि आफूहरूले आर्थिक सहयोग गरेको बताएका छन् । 

प्रतिव्यक्ति रु छ हजारदेखि एक लाखभन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार बहराइनबाट प्राप्त सहयोगले आगामी दिनमा कोषको लक्ष्य हासिल गर्नका लागि थप प्रेरणा मिलेको छ । 

म्याग्दी उद्धार समिति बहराइनका अध्यक्ष तेजेन्द्र थापाले आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता