Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ५, बेनी (म्याग्दी) | पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ ।

जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले बताउनुभयो ।

ती ढुङ्गा विगतमा समेत गाउँमा प्रयोग गरिने गरेको भए पनि सडक विस्तारको क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीय दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गाको खानी भेटिएपछि स्थानीयले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समिति समेत बनाएका छन् ।

स्थानीयले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासमा लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ ।

ढुङ्गाखानीलाई व्यावसायिकरुपमा सञ्चालन गरी गाउँमा रहेको भुमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयको भनाइ छ । सडकको दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायतका क्षेत्रबाट समेत माग आउन थालेको छ । रासस