2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

जहाँ छात्राहरुले दिनभर पिसाव रोक्छन्

वैशाख ११, वैतडी | ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन्। 

परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र कर्मचारी हिँडेपछि मुस्किलले उनीहरु घर जान सके। यहाँका स्कुलले प्याडको व्यवस्था गर्दैन, त्यसैले परीक्षा नियन्त्रण कार्यालयले व्यवस्था गरिदिनुपर्छ’, बैतडीका विद्यालय निरीक्षक शंकरदक्त जोशीले अभिव्यक्त गरेको भनाइ हो यो। 

उनको अभिव्यक्तिबाट बैतडीका सामुदायिक विद्यालयका शौचालको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । शौचालन अधिकांशमा छन् तर प्रयोगविहीन छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भने, ‘एउटै स्कुलको ८, १० वटासम्म शौचालय छ तर पानी छैन । त्यसैले सबै शौचालय सधैं बन्द हुन्छन् ।’

सफा शौचालयको अभावले विशेषगरेर छात्राहरुले दिनभरी पिसाब रोक्ने गरेका छन् । शिक्षा सरोकारवालाहरु यसरी छात्राले पिसाब रोक्दा मूत्रसम्बन्धी रोगसमेत लाग्ने गरेको बताउँछन् । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई