दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुई दशक पहिले हराएका नेता एकाएक देखिएपछी …

१५ बैशाख २०७४, शुक्रबार ००:२२

दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक कालिकोटमा देखिनु भएको छ । जिल्लाको समग्र विकासको लागि केही गर्न सक्ने सक्षम नेतृत्वको रुपमा विजय गराई संसदमा पठाएपछि कालिकोट नफर्किनु भएका न्यौपाने यहि बैशाख ३१ गते हने स्थानीय निकाय निर्वाचनको समयावधि नजिकिएसंगै एकाएक जिल्लामा देखिनु भएको हो ।

तत्कालिन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा संचालित सरकारमा संचार सहायक मन्त्री समेत बन्नु भएका न्यौपाने मन्त्री भएपश्चात कालिकोटमा एक पटक पनि फिर्ती नहुनु भएको भन्दै कालिकोटे जनताबाट आरोप खेप्दै आउनु भएको छ । करिब ९ महिनासम्म सहायक मन्त्रिका रुपमा संचार मन्त्रालयमा रहेपनि कालिकोटको समग्र विकासमा विशेष पहल गर्न नसक्नु भएको आरोप समेत खेपिनु भएका न्यौपाने नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट रास्कोट नगरपालिकाको मेहेर उम्मेदारलाई जिताउन गृहजिल्ला कालिकोटमा आउनु भएको एमाले श्रोतले जनाएको छ ।  १३ गते साझमात्र जिल्ला सदरमुकाममा पुग्नु भएका न्यौपाने आजै विहान नेकपा एमालेले भब्य स्वागत गरेसंगै जन्मस्थान रास्कोट तर्फ लाग्नु भएको छ ।

तत्कालिन २०५१ को मध्यावधि निर्वाचनमा यज्ञराज न्यौपानेले ९ हजार ७ सय, वहाका प्रत्यसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धर्मधक्त उपाध्यायले ९ हजार ५ सय र नेपाल मजदुर किसान पार्टीबाट हिक्मत बहादुर विष्टले ९ हजार ३ सय मतल्याएको तथ्य पाईन्छ ।

सांसदको कार्यकाल समाप्ती संगै पार्टीमा निस्कृय देखिनु भएका न्यौपाने नेपालगंज तिर घर बसाएर उतै रहनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश