हेम चन्द्र राई - दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई - दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार "/>
२१ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

दुबईमा सबै सेकुरिटी गार्डको तलब २८०० दिराम हुँदै, नयाँ प्रशिक्षण समेत लिनुपर्ने

१५ बैशाख २०७४, शुक्रबार ०२:२०

हेम चन्द्र राई – दुबई । वैदेशिक रोजगारीको आकर्षक गन्तब्य दुबईमा सुरक्षा गार्ड नयाँ व्यवस्था अनुसार तलबवृद्धि हुने भएको छ । अब नयाँ नियम अनुसार बेसिक तलब वृद्धि गर्न लागिएको हो । हाल प्राप्त १२०० दिराम बेसिक तलब १४४० देखि १९२० दिराम हुनेछ । जसको लागि सेकुरिटी गार्डले नयाँ प्रशिक्षण समेत लिनुपर्ने इमिरेट सुरक्षा उद्योग नियामक प्राधिकरण (SIRA) जनाएको छ ।

नयाँ कानुन १२ अन्तर्गत: २०१६ आधारभूत मासिक तलब  दुबई सेकुरिटीको बेसिक तलब १४४० देखि १९२०  दिराम हुनेछ । अबदेखि सुरक्षागार्डले बेसिक , अलाउन्स , ओभर टाईम गरेर प्रति महिना २८०० दिरामसम्म भुक्तानी पाउने छन । सयुक्त अरब इमिरेट्स ( युएई ) मा हाल पिएसबिटि र डिपिएस सुरक्षागार्डमा लिने गरेको छ । जसमा सबैभन्दा जनसंख्या , बिजनेस हबको रुपमा परिचीत दुबईमा मात्र डिपिएस सुरक्षागार्ड सिस्टम लागू गरिएको छ भने अबुधाबी लगायत अन्य छ इमिरेट्समा पिएसबिटी सुरक्षा गार्ड सिस्टम लागू गरिएको छ । अब बन्न लागेको नयाँ नियम अनुसार युएईमा एउटै सुरक्षा निति अवलम्बन गर्ने तथा सेवा सुविधा समान दिने तय गरेको जनाएको छ । 

सन २००८ मा पारित एक संघीय व्यवस्था अन्तर्गत अबूधाबीमा सुरक्षा गार्ड र अन्य इमिरेट्स आधारभूत मासिक ज्याला दुबई बाहेक अन्य छ इमिरेट्समा तलब २८०० दिराम  गरिएको थियो । जहाँ पिएसबिटि सेकुरिटी सिस्टम लागू गरिएको छ । दुबईमा भने डिपिएस सेकुरिटी सिस्टममा १२०० बेसिक २०१७ जनवारी बाट डिपिएस अलाउन्स ७२० ओभर टाइम मिलाएर ३४२ गरि २२६२ दिराम तलब दिने गरिएको भए पनि बेसिक तलब न्युन थियो । 

सन २००५ देखि दुबई सुरक्षागार्डले २००८ सम्ममा एक महिनामा तलब  सुरक्षा गार्ड दिराम  भुक्तानी पाउथे । २००८ मा पारित संघीय व्यवस्था आधारभूत तलब वृद्धि भए तापनि, दुबईले भने त्यो समयमा वित्तीय संकटको कारण १२०० बेसिक भन्दा बढाउन असमर्थ थियो । 

दुबई सुरक्षा गार्डले इमिरेट्स सुरक्षा पूर्वाधार  मल, होटल र बैंकहरूमा आगो , अलार्म प्रणाली र निगरानी सिसिटिभी क्यामेरा सहित – पनि अपग्रेड हुनेछ। सुरक्षा उच्च निकाय SIRA जे जनाए अनुसार सुरक्षागार्डको फिजिकल फिटनेसलाई महत्त्वपूर्ण मानिनेछ । अब देखि सुरक्षागार्डले फिजिकल फिटनेसमा अब्बल हुनुपर्ने छ । जसलाई सेकुरिटी कम्पनी शीत सम्मनय कायम राखेर क्षमता अभिवृद्धि गर्नेछ । 

दुबईले मध्य एसियाली क्षेत्रमा देखिएको सुरक्षा जटिलतालाई ध्यानमा राखेर सन २०२० को दुबई एक्स्पोलाई मध्य नजर गरेर आवश्यक सुरुमा व्यवस्थालाई चुस्त राख्नको लागि सुरक्षागार्डमा स्तर उन्नति र तलब सेवा सुविधामा अभिवृद्धि गर्न लागेको जनाएको छ । सुरक्षा गार्ड लागि अबदेखि ७५० दिराम प्रतिव्यक्ति प्रशिक्षण शुल्क अपरिवर्तित रहनेछ। नयाँ लागू हुन लागेको नियम संगै सुरक्षागार्ड लागी प्रमुख गन्तब्य दुबई जाने तथा कार्यरत नेपालीहरु लाभान्वित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य