दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देश"/>

2026-07-24 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मुख्य निर्वाचन अधिकृतद्धारा १६ दललाई कोच


दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देशिकाबारे जानकारी गराएको छ । 

स्थानीय निर्वाचनको समयसिमा नजिकिदै गर्दा स्थानीय निर्वाचनका खास विषय बस्तु र यसबारे जिल्लाका राजनैतिक दलहरुले बुझ्न नसकेका केही अइस्पष्टताबारे प्रकाश पार्दै नीति निर्देशिका बारे जानकारी गराईएको हो । 

कालिकोट जिल्ला मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश केशबराज पाण्डेको संयोजकत्वमा आयोजित अन्तरक्रियामा जिल्लामा निर्वाचन प्रक्रिया, तयारी, सजकता, र सम्भावब्यबारे छलफल गरीएको छ । 

जिल्ला सदरमुकामको मिलनकेन्द्रमा आयोजित अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत पाण्डेले जिल्लाका सम्पूर्ण दलहरुलाई अहिले हुने मतदानमा मतपत्र अलि ठूलो र फरक भएकाले बदरहुने समस्या बढी देखिन सक्ने भन्दै यसलाई न्यूनिकरण गर्न तथा मतदातालाई मतदान प्रक्रिया र तरिकाबारे आआफ्नो क्षेत्रबाट मतदाता शिक्षा अभियान अगाडी बढाउन विशेष आग्रह गर्नु भएको छ । 

जिल्ला निर्वाचनमा दर्ता भएका १६ वटा दलहरुका प्रमुख तथा प्रतिनिधि पत्रकारहरुको उपस्थीतिमा संचालित अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले जिल्लामा सुरुक्षाको अवस्था र यसबारे सबै राजनैतिक दलहरुले गर्नु पर्ने सहयोग र सपोटबारे जानकारी समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक