दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सदरमुकाम नछाड्ने नेता सदरमुकामबाटै गाएब भएपछि…

१६ बैशाख २०७४, शनिबार १३:५५


दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द्रीत हुदा जिल्ला सदरमुकाममा नेताको चहलपहल घट्दै गएको छ । 

नगर गाउ तथा वडा स्तरमा आआफ्ना उम्मेदवारहरु छनोट गर्न जिल्लामा केन्द्रीत भएका नेता तथा कार्यकर्ताहरु सबै क्षेत्रका उम्मेदवार छनोटको टुंगो लगाउदै चुनाबी प्रचार प्रशारका लागि गाउ केन्द्रीत हुदा जिल्लामा नेताहरुको चहलपहल घट्दै गएको हो । 

यहि बैशाख ३१ गते हुने निर्वाचन प्रक्रियाको लागि गाउ तथा नगर स्तरमा खडा गरिएका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउन तोकिएको समय पनि अब २ दिन मात्र बाकी रहदा उम्मेदारी दर्ताका लागि समेत नेताहरु गाउ केन्द्रीत भएका हुन् । 

नगर, गाउ तथा वडापालिकामा उम्मेदार छनोट प्रक्रिया पुरा गरी हिजोमात्र औपचारीक कार्यक्रम सहित सबै उम्मेदार घोषणा गरेको नेपाली कांग्रेस आज सबै गाउ तथा नगरहरुमा प्रबेश गरेको छ । यस अघि नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टीहरुले आआफ्नो उम्मेदवारी छनोट गर्दै गाउ प्रचार अभियानमा केन्द्रीत भैसकेका छन् ।

सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाका नेता तथा कार्यकर्ता समेत घरदैलो अभियानमा जुटेकाले सदरमुकाममा स्थानीय ब्यापारी र म्यादी प्रहरी सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुको चलपहलमात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य