दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द"/>

2026-09-15 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सदरमुकाम नछाड्ने नेता सदरमुकामबाटै गाएब भएपछि…


दलसिंह गिरी/बैशाख १६, कालिकोट । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आआफ्नो उम्मेदवारको बिजय सुनिश्चीत गराउने जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु गाउकेन्द्रीत हुदा जिल्ला सदरमुकाममा नेताको चहलपहल घट्दै गएको छ । 

नगर गाउ तथा वडा स्तरमा आआफ्ना उम्मेदवारहरु छनोट गर्न जिल्लामा केन्द्रीत भएका नेता तथा कार्यकर्ताहरु सबै क्षेत्रका उम्मेदवार छनोटको टुंगो लगाउदै चुनाबी प्रचार प्रशारका लागि गाउ केन्द्रीत हुदा जिल्लामा नेताहरुको चहलपहल घट्दै गएको हो । 

यहि बैशाख ३१ गते हुने निर्वाचन प्रक्रियाको लागि गाउ तथा नगर स्तरमा खडा गरिएका निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारी दर्ता गराउन तोकिएको समय पनि अब २ दिन मात्र बाकी रहदा उम्मेदारी दर्ताका लागि समेत नेताहरु गाउ केन्द्रीत भएका हुन् । 

नगर, गाउ तथा वडापालिकामा उम्मेदार छनोट प्रक्रिया पुरा गरी हिजोमात्र औपचारीक कार्यक्रम सहित सबै उम्मेदार घोषणा गरेको नेपाली कांग्रेस आज सबै गाउ तथा नगरहरुमा प्रबेश गरेको छ । यस अघि नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका पार्टीहरुले आआफ्नो उम्मेदवारी छनोट गर्दै गाउ प्रचार अभियानमा केन्द्रीत भैसकेका छन् ।

सदरमुकाम रहेको खाडाचक्र नगरपालिकाका नेता तथा कार्यकर्ता समेत घरदैलो अभियानमा जुटेकाले सदरमुकाममा स्थानीय ब्यापारी र म्यादी प्रहरी सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुको चलपहलमात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ