२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटन, ऐतिहासिक क्षेत्रको संरक्षण र जडीबुटीको सदुपयोगमा जोड

२०७४, १७ बैशाख आईतवार १०:२७

(ज्ञानेन्द्र न्यौपाने) | बैशाख १७, रसुवा | स्थानीय तहको निर्वाचनमा जिल्लामा पुरुषभन्दा महिलाको सङ्ख्या एक सय ७४ बढी देखिएको छ । 

यहाँ कुल मतदाता सत्ताइस हजार सात सय ५६ छन् । निर्वाचन अधिकृत नवीन खालिङले महिला मतदाता १३ हजार नौ सय ६५ र पुरुष मतदाता १३ हजार सात सय ९१ रहेको जानकारी दिनुभयो । मतदानस्थल ३४ र मतदान केन्द्र ४२ निर्धारण भइसकेको छ । 

नयाँ संरचनानुसार रसुवामा पाँच गाउँपालिका कायम भएका छन् । त्रिचालिस हजार जनसङ्ख्या रहेको रसुवाको दक्षिणी क्षेत्रमा तीन र उत्तरी क्षेत्रमा दुई गाउँपालिका छन् । ती गाउँपालिकालाई नौकुण्ड, उत्तरगया, कालिका, गोसाइँकुण्ड र पार्वतीकुण्ड नामकरण गरिएको छ । यही जिल्लामा तीर्थस्थल गोसाइँकुण्ड रहेको छ । 

पाँच गाउँपालिकामा २७ वडा छन् । तिनबाट पाँच पाँच अध्यक्ष र उपाध्यक्ष, २७ वडाध्यक्ष र एक सय आठ सदस्यसहित एक सय ४५ जनप्रतिनिधि निर्वाचित हुने छन् । ती पदमा दलित, महिला र अल्पसङ्ख्यक जाति पनि समावेश गरिनुपर्ने व्यवस्था भएको खालिङले बताउनुभयो । 

निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउने समय नजिकिँदै गए पनि नेकपा (एमाले)ले मात्र उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीले एक÷दुई दिनभित्रै आफ्नो उम्मेदवारको टुङ्गो लगाउने बताएका छन् । एमालेले नौकुण्डका अध्यक्षमा विकास तामाङ र उपाध्यक्षमा सिर्जना तामाङ, कालिका अध्यक्षमा सीतादेवी पौडेल र उपाध्यक्षमा भवानीप्रसाद न्यौपाने, उत्तरगया अध्यक्षमा अशोककुमार घिमिरे र उपाध्यक्षमा चमेली गुरुङ, गोसाइकुण्ड अध्यक्षमा कैसाङनुर्बु तामाङ र उपाध्यक्षमा करञ्याल्पो श्रेष्ठ तामाङ र पार्वतीकुण्ड अध्यक्षमा ल्हाक्पागोम्बु तामाङ र उपाध्यक्षमा नवीना तामाङलाई उम्मेदवार बनाएको एमाले रसुवाका प्रचार विभागका प्रमुख पेम्बा तामाङले बताउनुभयो । 

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिन सूचीकृत गराउने दलमा युनाइटेड ग्रीन अग्रनाइजेसन, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक, चुरेभावर लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिस्ट पार्टीसमेत गरी नौ दल रहेको जनाएको छ । 

उन्नाइस वर्षपछि हुन लागेको निर्वाचनबाट सक्षम उम्मेदवार चयन भई नेपालको तेस्रो पर्यटकीय गन्तव्यको सुधार, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको विशेष संरक्षण, जलसम्पदा र जडीबुटीको सदुपयोग, शुद्ध खानेपानीको व्यवस्थापन, सडक विस्तार, जलविद्युत् उत्पादन, युवालाई रोजगार, कृषि र पशुपालनमा आधुनिकता, सिँचाइको व्यवस्थापन, यातायात, घर घरमा टेलिफोनको व्यवस्था हुनुपर्ने यहाँका जनताको माग रहेको स्थानीयवासी भवनाथ पौडेलले बताउनुभयो । 

स्थानीय तहमै गुणस्तरीय स्वास्थ्योपचार र शिक्षा जस्ता कुरामा पहिलो नजर पुग्ने विश्वास रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले व्यक्त गर्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ