मकरराज धामी/बैशाख १९, बझाङ । बझाङ जिल्लामा हुने वालविवाह अन्य गर्नमा सामाजिक चुनौती देखिएको छ । 

जिल्लाको साविकको देउलीकोट गा.वि.स र हालको बु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मकरराज धामी/बैशाख १९, बझाङ । बझाङ जिल्लामा हुने वालविवाह अन्य गर्नमा सामाजिक चुनौती देखिएको छ । 

जिल्लाको साविकको देउलीकोट गा.वि.स र हालको बु"/>

2026-09-19 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा वालविवाहको अन्त्य गर्न सामाजिक चुनौती देखियो


मकरराज धामी/बैशाख १९, बझाङ । बझाङ जिल्लामा हुने वालविवाह अन्य गर्नमा सामाजिक चुनौती देखिएको छ । 

जिल्लाको साविकको देउलीकोट गा.वि.स र हालको बुङगल नगरपालिका वडा नं ९,१० र ११ मा किशोरी समुहहरुले वालविवाह अन्य गर्न विभिन्न कार्यक्रमहरु गर्देै आएका छन् । स्कुलमा किशोरकिशोरीहरु र तिनका अभिावकहरुलाई वालविवाह अन्य गर्नका लागी जनचेतनामुलक कार्यक्रमहरु गरे पनि सामाजिक हिसाबले अझै अन्य गर्नमा कठिन भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । वालविवाह अन्यका लागी किशोरी समुहले २०७० साल देखि विभिन्न कार्यक्रम गर्दै आएको छ । 

वालविवाह हुन लागेको थाहा पाएमा तिनका अभिभावकलाई सम्झाउने, किशोरीहरुलाई सम्झाउने गरेका छन् । २०७३ साल मंसिरमा पहिलो पटक हुनै लागेको वालविवाह प्रसासनको मातहतमा किशोरीहरुले रोकेका थिए भने हाल सम्म विहेको तयारीमा रहेका आठ ओटा विवाह रोक्न सफल भएका छन् । 

तर अझै पनि वालविवाह अत्य गर्नमा सामाजिक चुनौति निकै रहेको किशोरी संजालकि अध्यक्ष रमिता सिंहले बताउनु भयो । सबै जतिले अझै पनि हाम्रो अभियान लाई साथ दिएका छैनन् तर हामी वालविवाह हुन लागेको थाहा पाएमा रोक्ने प्रयासमा हुनेछौ सिंहले भन्नुभयो । 

तपाईकि छोरी त बुढि कन्या भई हालि अब न आफु विहे गर्छे न त हाम्रा छोराछोरीको विहे हुन दिन्छिन एक पल्ट छोरीलाई सम्झाउनु प¥यो भनेर आफ्नै बाबुआमाका अगाडि भन्नेगरेको समाजका केहि व्यक्तिहरुले आफुहरुलाई विभिन्न आरोप लगाउने गरेको एक किसोरी जानकी जोशीले बताउनु भयो । 

विवाह पछि विहान सवेरै देखि साझ अबेर सम्म घरको काम गर्नु पर्छ पढाईका लागी समय हुदैन आफुले भने जस्तो काम गर्न पनि सकिदैन त्यसैले उमेरै नपुगि विहे नर्गनु भनेर वालविवाह गरेका जोडिहरुले सम्झाउने गरेकोे एक किशोरी सरिता साउदले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई