१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

१२ दलले उम्मेदवारी दर्ता गराए

१९ बैशाख २०७४, मंगलवार १३:४०

धिराज आर.सि. | बैशाख १९, जाजरकोट | स्थानीय तहको निर्वाचन अन्र्तगत आज जाजरकोटमा १२ दलले आफ्ना आधिकारिक उम्मेदवार चयन गरेका छन् । सात स्थानीय तह रहेको जाजरकोटका विभिन्न मतदान केन्द्रमा नारा जुलुस सहित पुगी दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसबाट भेरी नगरपालिकाको मेयरमा सनत कुमार कार्की, उपमेयरमा धनाकुमारी चपाइले उम्मेदवारी दर्ता गरेका छन् । मेयरका उम्मेदवार कार्की पूर्व जिल्ला सभापति समेत हुन् । 

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरमा सीपी घर्ती मगर, उपमेयरमा भावना भन्डारी उम्मेदवार बनेका छन् । एमालेका जिल्ला पार्टी सचिव रहेका मगर अन्य प्रतिस्पर्धीका तुलनामा युवा हुन् । त्यसैगरी माओबादी केन्द्रले भेरी नगरपालिकाको मेयरमा ढकबीर राना, उपप्रमुखमा पार्वती विकलाई उम्मेदवार बनाएको छ । 

जाजरकोटमा मुख्य दलहरुले प्रमुख पदमा महिला उम्मेदवार उठाउन भने कन्जुस्याई गरेका छन् । तर, नया शक्ति, नेकपा माले, क्रान्तिकारी पार्टी सहितको संयुक्त गठबन्धनले भेरी नगरपालिकामा सीता दवाडीलाई मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ भने राप्रपाले पनि सोही नगरपालिकामा शोभा शाहीलाई मेयर पदमा उम्मेदवार बनाएको छ । अन्य साना दलहरुले आफ्ना आधिकारिक उम्मेदवारी दर्ता गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस्