अमृत बास्तोला/बैशाख २०, तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । 

आठराई ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अमृत बास्तोला/बैशाख २०, तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । 

आठराई ग"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आठराईमा ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुँदै

२०७४, २० बैशाख बुधबार ०९:०३


अमृत बास्तोला/बैशाख २०, तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । 

आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पु¥याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ । तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत तत्कालै आठराईमा विस्तार हुने नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो । 

यही बैशाख भित्रमा विद्युत लाईन विस्तार गरि बत्ति बाल्नको लागि प्राविधिकको सहयोगमा स्थानीय स्तरबाट तिब्ररुपमा काम भईरहेको विद्युत विस्तारका स्थानीय अगुवा दिपेश सिटौलाले जानकारी दिनु भयो । 

नेपाल विद्युत प्राधिकरणको सहयोग र स्थानीय बासीको श्रमदानमा विस्तारको काम भईरहेको स्थनीय अगुवा सिटौलाले बताउनु भयो । 

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार विद्युत पुगेपछि क्रमिकरुपमा सबैतिर विद्युत विस्तार हुने तेह्रथुम वितरण केन्द्रका प्रमुख दाहालले बताउनु भयो । आठराई गाउँपालिकाका सबै वडाहरुमा विद्युत विस्तार गर्न सवस्टेसन निर्माणको लागि तार टाङ्गने काम भईरहेको बताईएको छ । 

अहिले आठराईमा विद्युत नहुदाँ स्थानीयले सोलार प्रविधिबाट विद्युतीय समस्या टार्दै आएका छन् । संक्रान्तिबजारमा स्थापित दर्जन बढी सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा वित्तिय सस्थाहरुले पनि सोलार प्रविधिबाटै सेवा प्रवाह गरि रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ