२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरपालिकामा चुनावि प्रचार तिव्र

२३ बैशाख २०७४, शनिबार १६:२०

अशोक पोख्रेल | वैशाख २३, कविलवस्तु | स्थानिय निकायको चुनाव नजिकिए संगै शिवराज नगरपालिकामा विभिन्न राजनितिक दलले आफनो चुनावि प्रचार तिव्र पारेका छन ।

निर्वाचन आयोगले स्थानिय निकायको चुनाव दुई चरणमा गर्ने भएपछि पहिलो चरणको चुनाव प्रदेश नम्वर ३ , ४ र ६ का ३४ जिल्लामा यहि वैशाख ३१ गते हुने भएको छ भने दोस्रो चरणको चुनाव प्रदेश नम्वर १,२,५र ७ का ४१ जिल्लामा जेठ ३१ गते हुने भएको हो । प्रदेश नम्वर ५ अन्तर्गत पर्ने कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा अझै चुनाव आउन एक महिना भन्दा वढि रहेको छ । लामो समय पछि स्थानिय निकायको चुनाव नजिकिए पछि यस शिवराज नगरपालिकामा पनि विभिन्न दलले आफना पाटि सम्पर्क कार्यलय उत्घाटन गरी अन्य समयमा गाउँको हालखवर नबुझने नेता कार्यक्रताहरु चुनावि प्रचारमा गाउँ गाउँ विभिन्न मुद्दा बोक्दै पसेका छन । पछिल्लो समय चुनावि प्रचारका कार्यक्रम देखि लिएर पाटि प्रवेश सम्म भइरहेको पाईन्छ । 

नेकपा माओवादि केन्द्र पनि अहिले चुनावि प्रचारमा जुटेको छ । केन्द्रले शनिबार शिवराज नगरपालिकाको वडा नं. ८ र ३ मा आफनो घरदैलो र चुनावि प्रचार कार्यक्रम सम्पन्न गरेको छ । चुनावि प्रचारको लागि गाउँमा जाँदा जनताको पाटि माओवादि केन्द्र भएको हुँदा आफनो अमुल्य मत केन्द्रमानै दिने स्थानियले प्रतिबद्धता गरेको समेत केन्द्रकि उपमेयर दावेदार स्वयेता गिरि ले बताउनु भयो । त्यस्तै नेकपा एमालेले पनि आफनो जित सुनिस्चित गर्दै  चुनावि प्रचारमा जुटेको छ । नेकपा एमाले जनताको सुख दुखमा सदावहार हावि रहने हुँदा र शिवराज नगरपालिकाको विकासको लागि सदैव लागि पर्ने हुँदा आफनो अमुल्य मत खेर नफालि एमालेमा नै मत खसाल्न एमालेको तर्फबाट मेयरका दावेदार नेत्रराज अधिकारीले बताउनु भएको छ । त्यस्तै मधेशि मोर्चा , राप्रपा , नयाँ शक्ति लगायतका दलहरु पनि अहिले चुनावि प्रचारमा जुटेका छन । 

पछिल्लो समय सामाजिक सञ्जालमा पनि स्थानिय निकायको चुनावको बारेमा तछाड र मछाड भईरहेको पाईन्छ । तर कस्तो उमेदवार लाई जिताउने भन्ने कुरा मतदाताको हातमा रहेको छ । विभिन्न राजनितिक दलका रहर लाग्दा र आशा लाग्दा विकाशनै विकाशले भरिएका घोषणा पत्रहरु चुनाव नआउन्जेल मात्र हो कि चुनाव पछि पनि लागु हुनेहो ,त्यो जनताले प्रत्यक्ष देख्न आतुर रहेका छन । घोषणा पत्र बमोजिम उम्मेदवारहरुले काम गर्नेहो भने यस शिवराज नगरपालिका को विकाश हुन धेरै समय नलाग्ने देखिन्छ । 

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै