2026-09-16 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज नगरपालिकामा चुनावि प्रचार तिव्र

अशोक पोख्रेल | वैशाख २३, कविलवस्तु | स्थानिय निकायको चुनाव नजिकिए संगै शिवराज नगरपालिकामा विभिन्न राजनितिक दलले आफनो चुनावि प्रचार तिव्र पारेका छन ।

निर्वाचन आयोगले स्थानिय निकायको चुनाव दुई चरणमा गर्ने भएपछि पहिलो चरणको चुनाव प्रदेश नम्वर ३ , ४ र ६ का ३४ जिल्लामा यहि वैशाख ३१ गते हुने भएको छ भने दोस्रो चरणको चुनाव प्रदेश नम्वर १,२,५र ७ का ४१ जिल्लामा जेठ ३१ गते हुने भएको हो । प्रदेश नम्वर ५ अन्तर्गत पर्ने कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा अझै चुनाव आउन एक महिना भन्दा वढि रहेको छ । लामो समय पछि स्थानिय निकायको चुनाव नजिकिए पछि यस शिवराज नगरपालिकामा पनि विभिन्न दलले आफना पाटि सम्पर्क कार्यलय उत्घाटन गरी अन्य समयमा गाउँको हालखवर नबुझने नेता कार्यक्रताहरु चुनावि प्रचारमा गाउँ गाउँ विभिन्न मुद्दा बोक्दै पसेका छन । पछिल्लो समय चुनावि प्रचारका कार्यक्रम देखि लिएर पाटि प्रवेश सम्म भइरहेको पाईन्छ । 

नेकपा माओवादि केन्द्र पनि अहिले चुनावि प्रचारमा जुटेको छ । केन्द्रले शनिबार शिवराज नगरपालिकाको वडा नं. ८ र ३ मा आफनो घरदैलो र चुनावि प्रचार कार्यक्रम सम्पन्न गरेको छ । चुनावि प्रचारको लागि गाउँमा जाँदा जनताको पाटि माओवादि केन्द्र भएको हुँदा आफनो अमुल्य मत केन्द्रमानै दिने स्थानियले प्रतिबद्धता गरेको समेत केन्द्रकि उपमेयर दावेदार स्वयेता गिरि ले बताउनु भयो । त्यस्तै नेकपा एमालेले पनि आफनो जित सुनिस्चित गर्दै  चुनावि प्रचारमा जुटेको छ । नेकपा एमाले जनताको सुख दुखमा सदावहार हावि रहने हुँदा र शिवराज नगरपालिकाको विकासको लागि सदैव लागि पर्ने हुँदा आफनो अमुल्य मत खेर नफालि एमालेमा नै मत खसाल्न एमालेको तर्फबाट मेयरका दावेदार नेत्रराज अधिकारीले बताउनु भएको छ । त्यस्तै मधेशि मोर्चा , राप्रपा , नयाँ शक्ति लगायतका दलहरु पनि अहिले चुनावि प्रचारमा जुटेका छन । 

पछिल्लो समय सामाजिक सञ्जालमा पनि स्थानिय निकायको चुनावको बारेमा तछाड र मछाड भईरहेको पाईन्छ । तर कस्तो उमेदवार लाई जिताउने भन्ने कुरा मतदाताको हातमा रहेको छ । विभिन्न राजनितिक दलका रहर लाग्दा र आशा लाग्दा विकाशनै विकाशले भरिएका घोषणा पत्रहरु चुनाव नआउन्जेल मात्र हो कि चुनाव पछि पनि लागु हुनेहो ,त्यो जनताले प्रत्यक्ष देख्न आतुर रहेका छन । घोषणा पत्र बमोजिम उम्मेदवारहरुले काम गर्नेहो भने यस शिवराज नगरपालिका को विकाश हुन धेरै समय नलाग्ने देखिन्छ । 

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग