2026-07-25 07:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा साततले भ्यूटावरको शिलान्यास

बैशाख २४, दाङ । दाङको लमहीमा भ्यूटावरको शिलान्यास गरिएको छ । 

लमही बजारसँगै उत्तरी भेगमा जोडिएको अजमरी सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र निर्माण हुन लागेको ग्रिनपार्कभित्र निर्माण गर्न लागेको साततले भ्यूटावरको शनिबार शिलान्यास गरिएको हो । 

लमहीलाई पर्यटकीय सुन्दरनगरका रुपमा विकास गर्न र लमहीको चिनारीका रुपमा उक्त टावर निर्माण हुन लागेको हो । करिब २० बिगाहा क्षेत्रफलमा उपभोक्ता समूहले ग्रिनपार्क, भ्यूटावर, बालउद्यान, सिमसार, नर्सरीलगायतका १९ वटा कार्य गर्ने निर्णय गरेलगत्तै जिल्ला वन कार्यालयले सहमति दिएको थियो । 

जिल्ला वन कार्यालयको सहमति तथा लमही नगरपालिकाको आर्थिक सहयोग प्राप्त गरेलगत्तै ग्रिनपार्कको निर्माण प्रक्रिया अगाडि बढेको छ । जसमध्ये एक भ्यूवार निर्माण पनि हो । 

रु एक करोड २२ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने सो टावरको यसवर्ष भने पहिलो चरणको कार्यमात्र हुने अजमरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसीले बताउनुभयो । 

पहिलो चरणको कार्यका लागि लमही नगरपालिकाबाट रु ५० लाख, जिल्ला वन कार्यालय दाङबाट रु छ लाख उपभोक्ताबाट रु १५ लाख गरी रु ७१ लाखको लगानी हुने भएको छ । 

सो भ्यूटावर निर्माण भएलगत्तै भ्यूटावरमा चढेर लमही बजारलगायत देउखुरीका धेरैजसो स्थानको दृश्यावलोकन गर्न सकिने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक