२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा गर्मीका कारण बिरामीको चापमा वृद्धि

२६ बैशाख २०७४, मंगलवार ०३:१४

बैशाख २६, कैलाली । अत्यधिक गर्मीका कारण कैलालीको सेती अञ्चल अस्पताललगायतका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । 

गर्मीका कारण विशेष गरी भाइरल ज्वरो सङ्क्रमित बिरामीको सङ्ख्या निक्कै बढेको सेती अञ्चल अस्पतालले जनाएको छ । दूषित पानी तथा प्रदूषणका कारण झाडापखाला, विषमज्वरो, कमलपित्त, भाइरललगायतका समस्या भएका बिरामीको संख्या दिनहुँ बढ्ने गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले जानकारी दिनुभएको छ । 

उहाँले हाल दैनिक एकसय जनासम्म बिरामी उपचारका लागि अञ्चल अस्पताल आउने गरेको समेत बताउनुभएको छ । अत्यधिक गर्मीसँगै सुक्खा पनि बढ्ने गरेकाले जहाँतहीँ धुलोधुवाँ मात्रा बढ्ने र पानीमा समेत त्यस्तो प्रदूषण मिसिने हुँदा सजिलै मौसमी रोग लाग्ने गरेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । 

गर्मीका कारण मानिसमा भाइरल ज्वरो, विषमज्वरो, कमलपित्त, झाडापखालालगायतका रोग बढी मात्रामा देखा पर्ने भएकाले यस्ता रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुका साथै उमालेको तथा क्लोरिन हालेको पानी मात्र पिउने र घरबाहिर जाँदा मास्कको प्रयोग गरिनु पर्नेमा इमर्जेन्सी वार्ड प्रमुख बोहराले सुझाव दिनुभएको छ । 

स्वास्थ्यकर्मीले मौसमी रोगबाट बच्न पिउने पानीको स्रोत नै सफा र शुद्ध हुनुपर्नेमा जोड दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य