२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीका अधिकांश आयुर्वेद क्लिनिक अवैध

२६ बैशाख २०७४, मंगलवार ०७:४७

बैशाख २६, इनरुवा । सुनसरीका अधिकांश आयुर्वेद औषधि क्लिनिक कानुनी दायरामा नरहेको पाइएको छ । 

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेसहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा सूर्यनारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादवलगायतको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्लाका अधिकांश आयुर्वेद औषधि क्लिनिक अवैधरुपमा सञ्चालन गरिरहेको पाइएको छ । 

आयुर्वेद औषधिको प्रयोग बढाउने सोचअनुरुप सरकारले पहल चालेपनि सञ्चालनमा रहेका जिल्लाका अधिकांश त्यस्ता क्लिनिक कानुनी दायरामा नरहेको पाइएको हो । 

सरकारी निकायको उदासीनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आयुर्वेद क्लिनिक जिल्लामा सञ्चालनमा रहेको स्थानीय तथा सरोकारवालाले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा सञ्चालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमियोपेथिक औषधालय तथा क्लिनिक आवश्यक प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको फेला परेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

दर्तासहितका आवश्यक प्रक्रिया पूरा नगरेको पाइएपछि धरानको फेन्दे हिमालयन सोरिग औषधालयलाई अनुगमन टोलीले स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न भन्दै तीन दिनभित्र पूर्णरुपमा कानुनी प्रक्रियामा आउन अल्टिमेटम दिएको छ । 

फेन्दे हिमालयनले औषधिमा मिति उल्लेख नगरी बिक्री गर्ने गरेको भेटाइएको थियो । टोलीले लाइफलाइन होमियो फार्मेसी क्लिनिक, स्पार्क फाइभ हस्पिटल प्रालि तथा विराट आयुर्वेदमा अनुगमन गरेको थियो । लाइफलाइनमा समेत कागजात फेला परेन भने स्पार्क फाइभ अन्यका तुलनामा केही व्यवस्थित पाइएको थियो । 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कमा सुनसरीमा क्लिनिक तथा औषधालयका नाममा पाँचवटा मात्र स्वीकृति प्राप्त छन् जबकी जिल्लामा ४० भन्दा बढी आयुर्वेद औषधालय तथा क्लिनिक सञ्चालनमा रहेको जिल्ला आयुर्वेद केन्द्र, इनरुवाले जनाएको छ । 

होमियोपेथिक औषधालय तथा क्लिनिक समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत दर्ता रही सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको पाइएपछि सुनसरी प्रशासनले सबैलाई कानुनी दायरामा आउन आग्रह गरेको छ । 

आयुर्वेद केन्द्रका डा सूर्यनारायण मेहताले प्रक्रियामा ल्याउने पहलस्वरुप अनुगमन थालिएको बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले अनुगमन गरिएका मात्रै नभएर सञ्चारको माध्यमबाट जानकारी पाएका सम्बन्धित व्यवसायीले आवश्यक प्रक्रिया पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न पाउने बताउनुभयो । 

निरन्तर अघि बढाइने अनुगमनका क्रममा अटेर गरेको पाइए प्रचलित ऐनअनुरुप कारबाही प्रक्रिया अघि बढाइने न्यौपानेको भनाइ छ । सर्वसाधारणमा आयुर्वेदतर्फको आकर्षण बढाउन र भरपर्दो सेवा प्रवाहका लागि समेत सचेतना तथा निरन्तर अनुगमनको खाँचो रहेको सहायक प्रजिअ न्यौपानेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य