Skip to content
Friday, July 17, 2026 Nepali Online Media

यसकारण फेरिने भयो जिल्ला अस्पताल रोल्पाको मुहार

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २९, रोल्पा । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ ।

यही आर्थिक वर्ष २०७३/७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२ गते स्वास्थ्य सेवा विभागबाट एक करोड दश लाखको बजेट सुनिश्चितता प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत रहेको अस्पतालको मुहार फेरिन लागेको अस्पतालले जनाएको छ ।

यसमध्ये रु एक करोड जिल्ला अस्पताल मर्मत सम्भारमा खर्च हुनेछ भने बाँकी रु १० लाख जिल्लाका जुनसुकै हेल्थ पोष्टहरुमा प्राथमिकता निर्धारणका आधारमा मर्मत सम्भार गरिने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागबाट प्राप्त बजेटमार्फत अबको केही समयपछि अस्पतालको प्रत्येक भवनको भित्ता प्लास्टर गरिनेछ, प्रत्येक भुइँमा टायल लगाइनेछ, प्रत्येक चुहिने छाना मर्मत हुनेछन् भने छानामुनि प्लाइउड लगाइनेछ ।

अस्पताल परिसरमा क्यान्टिन निर्माण हुनेछ भने अस्पताल परिसरको केही भागसमेत प्लास्टर गरिने भएको छ । डा शर्माका अनुसार निर्धारित समयमा बजेट प्राप्त हुनसके तोकिएको समयावधिभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यसैबीच डा शर्माले जिल्ला अस्पतालका लागि विभागले बजेट छुट्याएको सकारात्मक भएको बताउँदै खुसी व्यक्त गर्नुभएको छ ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका लेखाअधिकृत लुमप्रसाद ढकालका अनुसार बजेट सुनिश्चितताको पत्र प्राप्त भएको आधारमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रोल्पाबाट इस्टमेट तयार भई मिति २०७४ साल वैशाख ६ गते राष्ट्रिय समाचारपत्रमा टेन्डर आह्वानका लागि ३० दिने सूचना प्रकाशन भइसकेको छ भने सूचना प्रकाशनको जानकारी गत वैशाख ११ गते स्वास्थ्य सेवा विभागमा गराइसकिएको छ ।

उहाँका अनुसार विभागको सुनिश्चितताको पत्र प्राप्त भएको आधारमा टेन्डर आह्वानको सूचना प्रकाशन गरिएको हो । तर हालसम्म पनि सुनिश्चित गरिएको बजेट आइनपुगेको र निर्धारित समयमा बजेट नआएमा ठेक्का सम्झौता तथा निर्धारित काममा समस्या भई काम सम्पन्न गर्न नसकिने उहाँको गुनासो छ ।

स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले टेन्डर बन्द भएर सम्झौता हुँदासम्म बजेट अवश्य आइपुग्ने बताउनुभएको छ । नयाँ काम नभई मर्मत सम्भारको काम मात्र भएको हुँदा करिब दुई महिनामा गुणस्तरीय काम सम्पन्न हुनसक्ने उहाँले बताउनुभयो । बजेटकै कारण काम रोकिँदैन तपाईंहरु निर्धारित समयमा काम थाल्नुस्, उहाँले भन्नुभयो । सधैँ राज्यबाट उपेक्षा गरिएको रोल्पामा मन्त्रालयबाट ठूलो राशिको बजेट आउँदा रोल्पाली जनता निकै हर्षित बनेका छन् ।

यसैगरी, क्रमश जिल्ला अस्पतालको स्तरोन्नति हुनसके रोल्पाली जनता ठूलो धनराशि खर्चेर बाहिर जानुपर्ने थिएन भने उपचार अभावका कारण रोल्पाली जनताले मृत्युवरण गर्नुपर्ने थिएन भन्ने रोल्पालीको अपेक्षा छ । रासस