Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कपिलवस्तुको टर्पेनटाइन इन्डस्ट्रिजमा आगलागी, २० टन खोटो जलेर नष्ट

By kit

<p><b>बैशाख २९, कपिलवस्तु ।</b> कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा गडगौडामा रहेको गणपति रोजीन एन्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।&nbsp;<br></p><p>आज दिउँसो २ बजे भएको आगलागीमा २० टन खोटो जलेर नष्ट भएको इन्डस्ट्रिजका व्यवस्थापक जीवनारायण खनालले जानकारी दिनुभयो । खोटो पकाउनका लागि तैयारी अवस्थामा राखिएको थियो । भट्ठीमा बालेको आगो सल्केर फ्याक्ट्रीमा आगलागी भएको हो ।&nbsp;</p><p>आगो कृष्णनगर नगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गण चन्द्रौटाको टोली र वडा प्रहरी कार्यालय चन्द्रौटाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा सबै कामदार बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए । रासस&nbsp;</p>