2026-09-19 03:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दार्चुलामा एक महिनामा १ सय ५१ सवारी साधन कारबाहीमा

बैशाख २९, दार्चुला । दार्चुलाको ट्राफिक चेक पोष्ट खलंगा र गोकुलेश्वरमा एक महिनाको अवधिमा १ सय ५१ सवारी ट्राफिक कार्वाहीमा परेका छन् ।

 ट्राफिक प्रहरीले बैशाख महिनामा  कार्वाहीमा परेका सवारी साधनबाट ९२ हजार ५ सय राजस्व संकलन भएको ट्रफिक प्रहरीले जनाएको छ ।

 जसअनुसार ३ ओटा बस कार्वाहीबाट रु २ हजार ५ सय, १८ ओटा ट्रक कार्वाहीबाट रु १३ हजार, ९८ ओटा जिप कार्वाहीबाट रु ५४ हजार ५ सय राजस्व संकलन भएको छ ।

 यस्तै २० ओटा मोटरसाइकल कार्वाहीबाट रु १५ हजार र १२ ओटा टेक्टर कार्वाहीबाट रु ७ हजार ५ सय राजस्व संकलन भएको ट्राफिक प्रहरी सहायक निरिक्षक यज्ञ राज पनेरुले जानकारी दिएका छन् । 

 बिशेषगरी जिपहरुले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, मापसे गरेर सवारी चलाउँने, तिब्र गतिमा सवारी हाक्ने, छतमा र जिपको पछाडि झुन्डीएर यात्रा गर्नेगरेको र रुट परिबर्तन गरेर सवारी साधन चलाएको पाइने गरेको पनेरुले बताए ।

 उहाले भन्नुभयो– ‘कच्ची सडक त्यसमाथी क्षमताभन्दा तेब्बर यात्रु बोक्दा दुर्घटनाको जोखीम हुने भएकोले ट्राफिक चेकजाचँमा कडाइ गरेका छौ ।’ गत महिना १ सय ५२ सवारी कार्वाहीबाट रु एक लाख राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई