दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेर"/>

2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डको गृहनगरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा मतपेटीका कब्जा


दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । 

करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि सेरापाटा केन्द्रमा आज दिनभर मतदान गरिएको मतपेटिका  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले अपरान्न ५ बजेपछि ढुंगामुडा गरी कब्जा गरेका हुन् ।

मतपेटिका कब्जाका लागि गरिएको ढुंगामुडाका कारण ४ जना सर्बसाधारण र २ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आज दिनभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि मतदान सकिए लगतै मतपेटीका सिलबन्दी गरेर नरहरीनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँ आउनै लाग्दा नेकपाले गरेको ढुंगामुडामा भागदौड मच्चिएको र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कमा आइसकेको जनाइएको छ । 

यसैगरी कालिका गाउपालिका वडा नं. २ बालाचौर भर्ता मतदान केन्द्रमा पनि आज दिनभर विवाद भएको छ । विहान ७ बजेबाट मतदान सुरु भएको केन्द्रमा दिउसो १२ बजेसम्म शान्तिपूर्ण मतदान भै करिव ३ सय ५६ वटा मत खसिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भएको हो । 

विवाद पछि मतदान तोडफोड भई साझ ५ बजे सम्म पनि मतदान हुन नसकेपछि जम्मा खसेको मतलाई सदरमानी मतदान सम्पन्न भएको मतदान अधिकृत इन्द्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । करिव ८ सय ४२ मतदाता रहेको केन्द्रमा मत खसाल्ने विषयमा विवाद भएको थियो । 

विवाद हुदा खसेका मतपत्रको अर्धकट्टी समेत हराएको र मतदान अधिकृतले हस्ताक्षर गरेको १ सय ३० मतपत्र हराए पनि पछि भेटिएको मतदान अधिकृत न्यौपानेले जानकारी दिनु भएको छ । आज दिनभरजसो विवाद रहेको बालाचौर मतदान केन्द्रको मतपेटीका भने भोलि विहान मात्र कालिका गाउपालिकाको केन्द्रमा लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका कुल जम्मा १ सय ७ वटा मतदान केन्द्रहरु मध्य कतिपय केन्द्रहरुमा प्रभावकारी संचार नभएका कारण यथार्थ विवरण आइनसके पनि प्राय सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भई करिव ७० देखि ८० प्रतिशत जति मत खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुमान जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय