दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेर"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डको गृहनगरमा नेपाल कम्युनिष्ट पार्टीद्वारा मतपेटीका कब्जा

२०७४, ३१ बैशाख आईतवार १५:३०


दलसिंह गिरी/बैशाख ३१, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृहनगर कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । 

करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि सेरापाटा केन्द्रमा आज दिनभर मतदान गरिएको मतपेटिका  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले अपरान्न ५ बजेपछि ढुंगामुडा गरी कब्जा गरेका हुन् ।

मतपेटिका कब्जाका लागि गरिएको ढुंगामुडाका कारण ४ जना सर्बसाधारण र २ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आज दिनभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि मतदान सकिए लगतै मतपेटीका सिलबन्दी गरेर नरहरीनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँ आउनै लाग्दा नेकपाले गरेको ढुंगामुडामा भागदौड मच्चिएको र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कमा आइसकेको जनाइएको छ । 

यसैगरी कालिका गाउपालिका वडा नं. २ बालाचौर भर्ता मतदान केन्द्रमा पनि आज दिनभर विवाद भएको छ । विहान ७ बजेबाट मतदान सुरु भएको केन्द्रमा दिउसो १२ बजेसम्म शान्तिपूर्ण मतदान भै करिव ३ सय ५६ वटा मत खसिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भएको हो । 

विवाद पछि मतदान तोडफोड भई साझ ५ बजे सम्म पनि मतदान हुन नसकेपछि जम्मा खसेको मतलाई सदरमानी मतदान सम्पन्न भएको मतदान अधिकृत इन्द्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । करिव ८ सय ४२ मतदाता रहेको केन्द्रमा मत खसाल्ने विषयमा विवाद भएको थियो । 

विवाद हुदा खसेका मतपत्रको अर्धकट्टी समेत हराएको र मतदान अधिकृतले हस्ताक्षर गरेको १ सय ३० मतपत्र हराए पनि पछि भेटिएको मतदान अधिकृत न्यौपानेले जानकारी दिनु भएको छ । आज दिनभरजसो विवाद रहेको बालाचौर मतदान केन्द्रको मतपेटीका भने भोलि विहान मात्र कालिका गाउपालिकाको केन्द्रमा लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्लाका कुल जम्मा १ सय ७ वटा मतदान केन्द्रहरु मध्य कतिपय केन्द्रहरुमा प्रभावकारी संचार नभएका कारण यथार्थ विवरण आइनसके पनि प्राय सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भई करिव ७० देखि ८० प्रतिशत जति मत खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुमान जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध