दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेराप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेराप"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डको गृह गाउमा मतपेटीका कब्जा

३१ बैशाख २०७४, आईतवार १५:३५

दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि सेरापाटा केन्द्रमा आज दिनभर मतदान गरिएको मतपेटिका  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले अपरान्न ५ बजेपछि ढुंगामुडा गरी कब्जा गरेका हुन् ।

मतपेटिका कब्जाका लागि गरिएको ढुंगामुडाका कारण ४ जना सर्बसाधार र २ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आज दिनभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि मतदान सकिए लगतै मतपेटीका सिलबन्दी गरेर नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउ आउनै लाग्दा नेकपाले गरेको ढुंगामुडामा भागदौड मच्चिएको र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कमा आइसकेको जनाइएको छ । 

यसैगरी कालिका गाउपालिका वडा नं. २ बालाचौर भर्ता मतदान केन्द्रमा पनि आज दिनभर विवाद भएको छ । विहान ७ बजेबाट मतदान सुरु भएको केन्द्रमा दिउसो १२ बजेसम्म शान्तिपूर्ण मतदान भै करिव ३ सय ५६ वटा मत खसिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भएको हो । विवाद पछि मतदान तोडफोड भई साझ ५ बजे सम्म पनि मतदान हुन नसकेपछि जम्मा खसेको मतलाई सदरमानी मतदान सम्पन्न भएको मतदान अधिकृत इन्द्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । करिव ८ सय ४२ मतदाता रहेको केन्द्रमा मत खसाल्ने विषयमा विवाद भएको थियो । विवाद हुदा खसेका मतपत्रको अर्धकट्टी समेत हराएको र मतदान अधिकृतले हस्ताक्षर गरेको १ सय ३० मतपत्र हराए पनि पछि भेटिएको मतदान अधिकृत न्यौपानेले जानकारी दिनु भएको छ । आज दिनभरजसो विवाद रहेको बालाचौर मतदान केन्द्रको मतपेटीका भने भोलि विहान मात्र कालिका गाउपालिकाको केन्द्रमा लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका कुल जम्मा १ सय ७ वटा मतदान केन्द्रहरु मध्य कतिपय केन्द्रहरुमा प्रभावकारी संचार नभएका कारण यथार्थ विवरण आइनसके पनि प्राय सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भई करिव ७० देखि ८० प्रतिशत जति मत खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुमान जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश