2026-09-15 12:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्कोट नगरपालिका १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

दलसिंह गिरी/जेठ १, कालिकोट । कालिकोटमै विशेष महत्वका रुपमा हेरिएको रास्कोट नगरपालिका अन्तर्गत वडा नं. १ मा एक जना खुला (१) सदस्य बाहेक अरु पुरै माओवादी केन्द्रको प्यानल विजयी भएको छ । 

वडा नं. १ का एमालेबाट वडा सदस्य अलि बहादुर बम बाहेक माओवादीबाट अध्यक्ष उम्मेदार नमराज संज्यालको प्यानल विजयी भएको हो । माओवादी उम्मेदार संज्यालले ३ सय ६५ मत ल्याएर विजयी हुनु भएको छ भने वहाँका प्रत्यासी एमालेका अशोक कुमार शाहीले २ सय ४८ मत ल्याउनु भएको छ । रास्कोट नगरपालिकामा कुल १ हजार २ सय ३० मतदाता मध्य ९ सय ४० मत खसेको थियो । 

यसै गरी कालिकोटमा रहेका ४ वटा गाउपालिका तथा ३ वटा नगरपालिकामा पनि मत गणना कार्य सुरु भएको छ । कालिकोटका विवादमा रहेका २ वटा गाउपालिका नरहरीनाथ र कालिका गाउपालिकामा भने मतगणना सुरु भएको छैन । 

यसै क्रममा रास्कोट नगरपालिका वडा १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्बजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसबाट मेयर उम्मेदार दान बहादुर बमले ४ सय ४९ मत ल्याएर अग्र स्थानमा हुनुहुन्छ भने माओवादी केन्द्रका काशिचन्द्र बराल २ सय ५९ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ । यसैगरी नेकपा एमालेका मनिराज बरालले १ सय ५७ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । 

उपमेहरका लागि नेकपा माओवादी केन्द्रबाट मिमसरा बम शाहीले ४ सय ३१ मत ल्याएर शिर्ष स्थानमा रहनु भएको छ भने एमालेका उमा शाही १ सय ८२ मत ल्याएर दोश्रो स्थानमा रहनु भएको छ ।

 यसैगरी राप्रपाका हजा सुनार १ सय १७ मत ल्याएर तेश्रो स्थानमा रहनु भएको छ । यस अघि मेयर कांग्रेस र उपमेयर राप्रपा उम्मेदार रहने गरी २ पार्टी विच समिकरण भएर चुनाब प्रचार प्रसारमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ