दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नव निर्वाचित मेयर पाण्डेद्धारा खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता

४ जेष्ठ २०७४, बिहीबार १५:००

दलसिंह गिरी | जेठ ४, कालिकोट | खाडाचक्र नगरपालिकाका नव निर्वाचित मेयर जसि प्रसाद पाण्डेले खाडाचक्र नगरपालिकालाई “उ” बनाउने प्रतिवद्धता गर्नु भएको छ । यहि गएको बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचन पछि हिजो साझ सकिएको मतगणनाबाट बिजयी पाण्डेले आज  जिल्ला सदरमुकाम मान्म खाडाचक्रमा भएको बिजय र्यालीमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

विजय र्यालीको सम्बोधनको क्रममा हातारिदै पाण्डेले आफ्नो ५ बर्षे कार्यकालमा खाडाचक्र नगरपालिकालाई जिल्लाकै एक नमुना नगरपालिका बनाउने केही बुदागत एजेण्डा टिपोट निकाल्दै पाण्डेले हतारिएर “उ” बनाउने प्रतिवद्धता गर्दछु भन्नु भएको छ ।

सुन्दर र समृद्ध नगर बनाउने बुदागत टिपोटलाई बाचन गर्दै पाण्डले खाडाचक्र नगरपालिकाका प्रत्येक वडाहरुमा माध्यामिक विद्यालय, स्वास्थ्य चौकी सडक संजाल, विद्युत जडान जस्ता अभियान पहिलो प्राथमिकताका रुपमा लिने बताउनु भएको छ । यस्तै खाडाचक्र नगरपालिका रहेका प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रवर्धन गरी नगरपालिकालाई आर्थिक समृद्ध बनाउने, प्रत्येक बस्ती बस्तीमा नमुना उद्योग संचालन गर्ने, विदेशीने युवाहरुलाई नगर भित्र बस्ने खालको रोजगार मुलक बाताबरण श्रृजना गर्ने जस्ता बदागत प्रतिवद्धता गर्नु भएको छ । दलितहरुको एजेण्डालाई उठान गर्दै पाण्डेले दलित उत्थानका लागि विशेष अभियान समेत संचालन गर्ने प्रतिवद्धता गर्नु भएको छ ।

 

महिलाका सवालहरुबारे उठान गर्दै उपमेयर विजयी बिजया विष्टले महिला सशक्तिकरणको अभियान आफ्नो पहिलो एजेण्डा रहने बताउनु भएको छ । यस्तै कार्यक्रममा बिजयी १ नं. वडा सदस्य प्रेम बहादुर शाहीले ५ बर्षमा आफ्नो नगरपालिकालाई कुपोषण मुक्त नगरपालिका बनाउने प्रतिवद्धता गर्नु भएको छ । 

गाउ तथा नगर तहमा एकमात्र खाडाचक्र नगरपालिकाबाट मेयर तथा उपमेयर उम्मेदार बिजयी गराउन सफल एमाले पार्टीले आज खाडाचक्रमा बिजय र्याली सहित कोणसभा कार्यक्रम गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष नेश्नल शाही (नगिन्द्र)को अध्यक्षतामा आयोजित कोण सभा कार्यक्रममा नेकपा एमाले सांसद तुलाराज विष्ट, पूर्व कार्यबहाक जिल्ला अध्यक्ष विश्वराज बम, शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष हंशराज शाही लगायतले बिजयी मेयर उपमेयर लगायत जिल्लाका सबै वडा पालिकाका बिजयी पदाधिकारीहरुलाई बदाई तथा कार्यसफताको शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य