प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छापा सञ्चालक बेरोजगार हुन नपरोस्

६ जेष्ठ २०७४, शनिबार १४:०४

प्रभात सुवेदी । जेठ ६, बर्दिया । 

स्थानीय मुद्रणका कामहरु बाहिरी जिल्ला तथा छिमेकी देशका विभिन्न स्थानहरुमा गराउने क्रम बढ्दै जाँदा स्थानीय मुद्रण व्यवसायीहरुको व्यावसाय धरापमा परी बेरोजगारीको अवस्था आउन सक्ने कुरा आज जिल्लाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा आयोजित कार्यक्रममा औंल्याइएको छ ।

 

नेपाल मुद्रण उद्योग महासंघ, बर्दियाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै महासंघका केन्द्रिय सदस्य तथा निवर्तमान जिल्ला अध्यक्ष वालकृष्ण वलीले यस्तो कुरा बताउनुभएको हो । वहाँले बर्दिया जिल्लाका मुद्रण व्यावसायीले कम्तीमा पनि २० लाखको लगानी गरेर आफ्नो व्यावसाय सञ्चालन गरेका र कम्तीमा पनि २ देखि ५/६ जनाले रोजगारी पाएको अवस्था रहेको बताउनुहँदै बर्दिया जिल्लाका सरकारी निकाय तथा गैर सरकारी निकायहरु लगायत विभिन्न निकायहरुमा आवश्यक पर्ने विभिन्न प्रकृतिका छपाई सम्बन्धी सम्पूर्ण कामहरुको पहिलो हकदार बर्दियाका मुद्रण व्यावसायीहरु नै भएको बताउनुभयो । ‘हामीले पनि नयाँ नयाँ प्रविधिहरु ल्याएका छौं र गुणस्तरीय छपाईको लागि लागि परिरहेका छौ भन्नुहुँदै हामीलाई जिम्मेवारी दिइयो भने जस्तोसुकै छपाईका कामहरु गुणस्तरीय रुपमा सम्पादन गर्न सक्छौँ,’ केन्द्रिय सदस्य वलीले बताउनुभयो । 'राज्यलाई कर तिरेकाले पनि हामीले नै बर्दियाको काम पाउनु पर्छ भन्ने दावी हो, वलीले बताउनुभयाे । 

अधिवेशनको उद्घाटन सत्रमा ठाकुरद्वारामा बर्दिया गैंडा रिसोर्ट क्याम्प सञ्चालन गर्दै आउनुभएको रामजी थापाले पनि कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै होटल व्यवसायीहरु र मुद्रण व्यावसायीहरुको कार्यगत एकता आवश्यक रहेको कुरा औंल्याउनुभयो ।

 

उद्घाटन सत्र लगत्तै गरिएको बन्द सत्रमा निवर्तमान अध्यक्ष वालकृष्ण वाली र कोषाध्यक्ष मेघराज सिग्देलल प्रस्तुत गर्नुभएको महासंघ बर्दियाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मतिबाट पारित गरिएको थियो । 

मुद्रण व्यावसायीहरुको दोस्रो अधिवेशनले मेघराज सिग्देलको अध्यक्षतामा १० सदस्यीय कार्यसमितिको चयन गरेको छ । जसमा उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिव महेश अधिकारी, कोषध्यक्ष सन्तोष भट्टराई, सह–सचिव राजेश थारु र सदस्यहरुमा सत्येन्द्र मिश्र, प्रेम चौधरी, धिरज अधिकारी, नारायण अधिकारी र टेकलाल चौधरी रहनुभएको छ ।

यसैबीच महासंघको टोलीले बिहान करीब ३ घण्टा बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गर्दै त्यहाँको जैविक विविधता तथा विभिन्न वन्यजन्तुहरुको वासस्थानको संरक्षणाका लागि गरिएका प्रयासहरुको अवलोकन गरेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड