दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्"/>
2026-10-31 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डकै गृहनगरबाट ५८ प्रतिशत मत खस्यो

दलसिंह गिरी | जेठ ७, कालिकोट | नरहरीनाथ गाउपालिका वडा नं. ६ सेरापाटा केन्द्रमा आज भएको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । करिब ८ सय ७९ मतदाता रहेको केन्द्रमा आज जम्मा ५ सय ७ मत शान्तिपूर्ण रुपमाखसी सम्पन्न भएको हो । 

आज विहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया अहिले ५ बजे सम्म संचालन भै मतदान प्रक्रिया शान्तिपूर्ण सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्नपछि आजै सबै टोली पतपेटीका सहित नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउमा फर्किसकेको र आज साझैबाट मतगणना सुरु हुने कार्यालयले जनाएको छ । जिल्लाका अन्य ३ वटा नगरपालिका र ५ वटा गाउपालिकामा यसअधि नै मतगणना भै विजयी घोषणा सहित विजयी प्रमुख तथा उपप्रमुख लगायत अन्य पदाधिकारीहरुले कार्यभार समालिसकेका छन् । 

नरहरीनाथ गाउपालिकामा करिव ९ हजार ८ सय १७ मतदाता रहेकोमा करिव ७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । नरहरीनाथ गाउपालिकाको सेरापाटा मतदान केन्द्र बाहेक अन्य केन्द्रमा ३१ गते नै मतदान प्रक्रिया सम्पन्न भैसके पनि स्थगित मतदान केन्द्रका कारण आज सम्म रोकिएको थियो । सबै मतपेटिका निर्वाचन अधिकृत कार्यालय तर्फ आइसकेकाले अबको २ दिन भित्र नरहरीनाथ गाउपालिकाको मतपरिणाम सम्पन्न गर्ने गरी तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय