जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी का"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्ला जिल्ला प्रहरी कार्यालयमै खानेपानीको हाहाकार

१० जेष्ठ २०७४, बुधबार ०३:२८

जेठ १०, जुम्ला | ग्रामीण दुर्गम बस्तीका त कुरै छोडौँ, जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार छ । 

द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २०० को सङ्ख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानी जुगाड गर्ने पहलले सार्थकता नपाएकाले सिङ्गो प्रहरी सङ्गठन समस्यामा परेको प्रहरी निरीक्षक मुकुन्द रिजालले दुखेसो गर्नुभयो । 

“यो समस्या समाधानका लागि हामीले जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयमा पनि अनुरोध गर्यौं, तर पनि प्रहरीमा खानेपानीको व्यवस्था हुन सकेको छैन,” उहाँले भन्नुभयो । 

प्रहरी निरीक्षक कलेन्द्र शाहीले धारामा पानी अनियमित हुँदा दुई किलोमिटर टाढा कर्णाली प्राविधिक शिक्षालय जुम्लानजिक गाडी लिएर दैनिक पानी ल्याउने गरेको बताउनुभयो । “पानीका लागि खानेपानी कार्यालयबाट एक क्वाइल पाइप उपलब्ध भयो तर पाइप जोडेर प्रहरी कार्यालयभित्र ल्याउन सकिने अवस्था हुन सकेन”, उहाँले भन्नुभयो । 

उहाँका अनुसार अहिले जुनियर अफिसियलसहित सबै प्रहरी जवान लुगा धुन र सरसफाइका लागि तिलानदीमा जान बाध्य छन् । प्यास लागेपनि सोचेको बेला पानी पिउन नपाउँदा सकस परेको विभिन्न मुद्दाको आरोपमा बन्दी जीवन जिउँदै गरेका आरोपितहरु बताउँछन् । 

खानेपानी सफा हुनुको सट्टा पिउन पनि पाउन नसक्ने अवस्थाले उनीहरुलाई निकै जटिल बनाएको जनाइएको छ । जिप्रकामा ड्युटी गर्ने जवानले पनि प्यास लागेको बेला पानी पाउन गाह्रो भएको समस्या व्यक्त गर्नुभयो । यो समस्याको तत्काल समाधानका लागि यथाशीघ्र सोच्न जिल्ला प्रहरी कार्यालयले सरोकारवालालाई अनुरोध गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य