२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने

११ जेष्ठ २०७४, बिहीबार ०५:००

जेठ ११, रोल्पा | तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ । 

मानव अधिकार तथा कानुनी सेवा केन्द्र रोल्पाको आर्थिक सहयोग र स्थानीय शान्ति समिति रोल्पाको समन्वयमा बन्ने उक्त स्मारकमा जिल्ला प्रशासन कार्यालय वा स्थानीय शान्ति समितिलाई उपलब्ध गराएको सशस्त्र द्वन्द्वमा मारिएका र बेपत्ता भएकाको नामलेखी मार्बलमा राखिने मानव अधिकारकर्मी खेम बुढामगरले जानकारी दिनुभयो । 

सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा अवतरण भएको एक दशक पार गरिसक्दासमेत जिल्लामा शान्ति स्मारक हुन नसक्दा नागरिकमा निरासा बढिरहेका बेला स्मारक निर्माणले द्वन्द्वपीडितमा केही राहत हुने बुढाले बताउनुभयो । सशस्त्र द्वन्द्वमा मारिएका तथा बेपत्ता भएका परिवारका सदस्यले आफन्तजनको सम्झनामा सदरमुकाम लिवाङमा शान्ति स्मारक बनाउन माग गरिएको हुँदा सो स्मारक बनाउन लागिएको हरप्लेस रोल्पाले जनाएको छ । सदरमुकाम लिवाङको टुँडिखेलमा सो स्मारक बनाउनुपर्ने स्थानीयवासीले सुझाव छन् । 

सो स्मारकका लागि मानव अधिकार तथा कानुनी सेवा केन्द्रले करिब रु चार लाख विनियोजन गरिसकेको छ । गुरुयोजनासहित निर्माण गरिने सो स्मारकका लागि जिल्ला समन्वय समिति, रोल्पा नगरपालिका र शान्ति मन्त्रालयबाट समेत स्रोत जुट्ने अपेक्षा गरिएको छ । 

सशस्त्र द्वन्द्वको बेला रोल्पामा ९४६ मृतक र ३३ जना बेपत्ता रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य