जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ल"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चुनावी सहकार्यका लागी कपिलवस्तुमा नयाँशक्ति र फोरम को १४ सदस्यिय समिती

११ जेष्ठ २०७४, बिहीबार ०७:४८

जेठ ११, कपिलवस्तु | नयाँशक्ति पार्टी नेपाल र संघिय समाजबादी फोरम नेपाल ले कपिलवस्तुमा संयुक्त उम्मेद्वारको प्यानल तयार पार्नका लागी १४ सदस्यीय सर्बा्धिकार सम्पन्न जिल्ला स्तरिय बार्ता समिती गठन गरेको छ । 

कपिलवस्तु सदरमुकाम स्थित सार्थक होटेलमा आज बसेको दुबै पार्टीको संयुक्त बैठकले स्थानिय तहको चुनावमा एउटै चुनाव चिन्हमार्फत निर्वाचन लडने र बिचार मिल्ने अन्य राजनितीक दलहरुसँग पनि सहकार्य गर्ने निर्णय सहित बार्ता समिती गठन गरेको हो ।

 बैठकपछि नयाँशक्ति नेपालका जिल्ला संयोजक नारायण खनाल र संघिय समाजबादी फोरम नेपालका कपिलवस्तु अध्यक्ष शैलेन्द्र कुमार यादव द्धारा हस्ताक्षरित संयुक्त विज्ञप्ती मार्फत बार्ता समिती सार्वजनिक गरिएको हो । जस अनुसार नयाँशक्तिको तर्फबाट रामलौटन तिवारी, नारायण खनाल, विष्णुहरी शर्मा, अब्दुल मोबिन मुसलमान, मोहम्मद तौफिक खाँ, जित बहादुर चौधरी, कुञ्ज विहारी चौधरी बार्ता समितीमा रहनु भएको छ । त्यस्तै संघिय समाजबादी फोरमको तर्फबाट सहसराम यादव, इशरार अहमद खाँ, अब्दुल रसिद खाँ, शतिसचन्द्र गुप्ता, दिपक पाण्डे, शैलेन्द्रकुमार यादव र सन्दिप पाण्डे रहनुभएको छ । संयुक्त उम्मेदवार प्यानल तयार र विजयको लागी चुनावी अभियानमा दुबै पार्टी सक्रियता साथ लाग्ने विज्ञप्तीमा जनाइएको छ ।

साथै कपिलवस्तुका आम जनतालाई मशाल चुनाव चिन्हमा मतदान गर्न अपिल समेत गरिएको छ । – मो इमरान खानको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै