पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>जेठ १७, भद्रपुर । </b>झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् ।<br></p><p>समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरेका छन् ।</p><p>श्री कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पु¥याउन पत्रकार महासङ्घले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । रासस </p>

