२२ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३१८ नेपाली विदेशी जेलमा, १७ जनालाई मृत्युदन्डको सजाय

१७ जेष्ठ २०७४, बुधबार १७:५१

जेठ १७, काठमाडौं । भारतबाहेक विभिन्न देशमा कम्तीमा ३१८ जना नेपाली नागरिक विदेशी जेलमा रहेको भेटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत् परराष्ट्र सल्लाहकार शाखाको अग्रसरतामा विश्वका विभिन्न देशको जेलमा रहेका आफ्ना नागरिकको खोजी सुरु गरिएपछि सो संख्यामा नेपाली नागरिक मृत्युुदन्ड तथा जन्मकैदसहित विभिन्न सजाय पाएर जेलमा रहेको भेटिएको हो ।

जेलमा रहेका नेपालीलाई हत्या, लागुऔषध प्रयोग तथा कारोबार, मानवतस्करी, चोरी, ठगी, बलात्कार, मादकपदार्थ उत्पादन, प्रयोग तथा बिक्रीजस्ता आरोप लागेको भेटिएको छ ।

नेपाली दूतावास रहेका र नरहे पनि प्रमाणीकरण हुने विश्वका विभिन्न ३२ ओटा राष्ट्रमा उल्लिखित संख्यामा नेपाली नागरिक जेलमा भेटिएको प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाका सदस्य सुशील ढुंगानाले जानकारी दिए ।

जेलमा रहेका नागरिकमध्ये १७ जनालाई मृत्युदन्ड र ४३ जनालाई जन्मकैदको सजाय सुनाइएको छ भने २३९ जनालाई कम्तीमा एक महिनादेखि ५० वर्षसम्मको जेल सजाय तोकिएको छ ।

यस्तै, थप १४ जनालाई मृत्युदन्ड र तीनजनालाई जन्मकैद हुन सक्नेगरी ती देशमा मुद्दा चलाइएको छ ।

मलेसियामा विभिन्न घरफिर्ती केन्द्रमा सामान्य अभियोगमा थुनामा रहेका नागरिकको संख्यामात्रै करिब ५०० को हाराहारीमा रहेको छ । सामान्य अभियोगमा मध्यपूर्वका अन्य देशमासमेत नेपाली नागरिक थुनामा रहने गरेका छन् ।

सबैभन्दा बढी बन्दी साउदी अरेबिया, कुबेत र कतारमा रहेका छन् । मलेसियालगायत मध्यपूर्वका खाडी राष्ट्र र दक्षिण कोरिया, चीन, थाइल्यान्ड, पाकिस्तान, श्रीलंका, कम्बोडिया, सिंगापुरजस्ता देशमा नेपाली जेलमा रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार र विदेशमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न दिएको निर्देशनपछि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार शाखाले सो तथ्यांक तयार पारेको हो ।

भारतमासमेत ठूलो संख्यामा नेपाली जेलमा रहेको बताइएपनि उनीहरुको तथ्यांक नआइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति च्याम्पियन्स लिगमा आर्सनल इन्टरमिलानसँग १–० गोलले पराजित चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् ः देउवा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस आज छठको मुख्य दिन, सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइँदै आजको मौसम: यी तीन प्रदेशमा हल्का वर्षा हुने रुकुम पूर्वबाट आउँदै गरेकाे बस बागलुङमा दुर्घटना, २१ जनाको घाइते अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई आयोजनाहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्न अर्थमन्त्रीको निर्देशन दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्? इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त तीन महिनादेखि तलब नपाएको भन्दै बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते रास्वपाको प्रदर्शन आज पनि जारी रहने जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै बिना जानकारी जापान भ्रमणमा गएका कोशीका आन्तरिक मामिलामन्त्रीले बुझाए राजीनामा