जेठ २४, काठमाडौं । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २४, काठमाडौं । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु

२४ जेष्ठ २०७४, बुधबार ०४:३८


जेठ २४, काठमाडौं । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा शुरु भएको छ । 

स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार र अगुवा कालीबहादुर महतराले छोरीलाई मंगलबार अपरान्ह काठमाडौं ल्याइप्युर्याएका हुन् । 

महाराजगन्जस्थित बीपी आँखा अस्पतालमा आँखाको परिक्षणलगत्तै उपचारका लागि मनसरालाई कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । भर्नाअगाडि छोटो समय लिएर पत्रकार सम्मेलन गरेर बिरामीको आर्थिक अवस्थाबारे बाबुले जानकारी दिएका छन् । 

चरम आर्थिक अभावबाट गु्रजिरहेका रने परिवारले छोरी बचाउन सबैसँग सहयोग गर्न अपिल गरेको छ । दुई महिनापहिले घरनजिकै नहरमा खसेर सामान्य चोट लागेका मनसराको दाहिने आँखा आर्थिक संकटकै कारण थप उपचार गर्न नसकिरहेको बाबु रने लुहारले पत्रकार सम्मेलनमा जानकारी दिए । अभावकै कारण छोरीको स्वास्थ्यले जटिल रुप लिएको उनले बताए ।

चोट लागेको करिब दुई महिनापछि आइतबार घाइते आँखा एक्कासी विस्फोट भई बाहिर निक्लियो । 

त्यसबाट स्वास्थ्यवास्था गम्भीर बनेपछि स्थानीयको सहयोगमा मनसरालाई सदरमुकाम मान्मा पु¥याइयो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थानीय भरत बम ‘रणवीर’सहितको टोलीले बिरामीलाई काठमाडौं ल्याइपु¥याइएको हो । 

मनसराको उपचारप्रति राज्य उदासिन हुन नमिल्ने बताउँदै उपचारका लागि सहयोग गर्न देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुसँग नेता रणवीरले अपिल गरे । नेपालीहरुकै सहयोगबाट मनसराको उपचार सफल बनाउनुपर्नेमा उनले जोड दिए । ‘हामी नेपालीको सहयोगलाई प्राथमिकता दिन्छौं । लुहारजस्ता चरम गरिबीको चंगुलमा पारिएकाहरुको उद्धार गर्न नेपाल कम्युनिस्ट पार्टी सदैव साथमा छ’  उनले भने । त्यसनिम्ति मनसरा संरक्षण कोष स्थापना गरिएको छ । संकलित रकम कोषमार्फत बिरामीको उपचारमा खर्च गर्ने र मनसरा जस्तै वर्गको उपचारमा निरन्तर लगाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाबु रनेले भावकु हुँदै भने ‘मेरो छोरीलाई बचाउनु छ, तपाईहरुले सहयोग गर्नुस् ।’ स्थानीय अगुवा महतराले मनसराको परिवार चरम गरिबीको चपेटामा गुज्रिएको र छोरीलाई बचाउन सबैको सहयोग खाँचो रहेको बताए । सुर्खेतबाट काठमाडौं आउन वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी खर्च जुटाएर काठमाडौं ल्याइपुर्याउन सकिएको महतराले बताए ।

सहयोग जम्मा गर्न मनसराकी बाबु र महतराको नाममा सानिमा बैंकका संयुक्त खाता खोलेको छ । सहयोग गर्न इच्छुक महानुभावलाई उक्त बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने जानकारी पनि महतराले दिए । खाता नम्बर ०४४००००००१० रहेको छ । आवश्यक सम्पर्कको लागि महतराको मोवाइल नम्बर ९८४८३०७१७३ दिइएको छ ।

बिरामीको उपचार चिकित्सक प्रकाशनिधी तिवारीको टोलीले गरिरहेको चिकित्सक प्रकाश न्यौपानेले जानकारी दिए । आँखाको भित्री भागसहित ठूलो साइजमा ट्युमर बाहिर निक्लिएको छ । (हेर्नुस् तस्बिर) । मनसराको केश विश्वमै दुर्लभ भएको चिकित्सकको भनाई छ । मेडिकल भाषामा मनसरामा देखिएको केश ब्लास्ट अर्थात विस्फोट भएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले बताए । ‘क्यान्सर भइसकेको अवस्थामा ब्लास्ट हुन्छ’ अध्यक्ष रावलले भने ।

पत्रकार सम्मेलनमा धादिङ स्वास्थ्यमा समाजका डा. राम थापा क्षेत्रीले बालिकाको उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताए । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य लोकेश जोशीले मनसराको जीवन बचाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

५० वर्षीय लुहारका तीन छोरी र तीन छोरा छन् । मनसरा कान्छी सन्तान हुन् । श्रीमती धनञ्जना लुहार गाउँमै मजदुरी गर्छिन् । अभावकै कारण मनसरालाई विद्यालय पठाउन सकेका छैनन् । बिरामीको उपचार निकै जोखिम र लाखौं रुपैयाँ खर्च लाग्ने किसिमको रहेको चिकित्सकको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य