2026-09-03 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंबाट ट्रान्जिट हुँदै कतार जाने हवाई टिकट बन्द


जेठ २४, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, ईजिप्ट, बहराइन, यमन र माल्दिभ्सले कतारसँग कुटनीति सम्बन्धविच्छेदको असर नेपालमा पनि देखिएको छ । 

यूएईलगायत ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्धबिच्छेद गरेपछि क़तारसँगका सबै नाकाहरू, हवाईमार्गसमेत बन्द हुँदा यो समस्या उत्पन्न भएको हो । जल मार्गका बारेमा भने अझै निर्णय नभई सकेको जनाईएको छ । तर, त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ ।

काठमाडौंबाट दुवई तथा साउदीमा ट्रान्जिट भएर उड्ने विमानले दोहा जाने यात्रु लैजान छाडेका छन् । यसरी जाने यात्रुको टिकट काट्न छाडिएको छ । यसअघि टिकट लिइसकेका यात्रुलाई पनि सिधै दोहा जाने विमानमा पठाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यसको औपचारिक जानकारी भने गराइनसकेको र उनीहरुले आन्तरिक रुपमा मिलाइरहेको थाहा भएको प्राधिकरणको भनाई छ । काठमाडौंबाट दोहाका लागि नेपाल एयरलाइन्स, कतार एयरवेइज र हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आएका छन् । 

यस अघि साउदी तथा युएईमा ट्रान्जिट भएर पनि नेपाली कतार जाने गरेका थिए । टिकट सस्तोमा पाइने भएकाले यसरी जाने गरेको प्राधिकरणले जनाएको छ । 

यसअघि एयरइन्डिया, इत्तिहाद, प्लाई दुवई र एयर अरेवियाले ट्रान्जिटमा जाने यात्रु लाने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ